देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


१७ जनवरी, २०२०
काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली सक्रिय हुँदा गएरातिदेखि देशका लगभग सबै क्षेत्रमा वर्षा भै रहेको छ । काठमाडौं उपत्यका र आसापसका जिल्लामा पनि गएरातिदेखि बर्षा जारी छ । पहाडी तथा तराईका जिल्लामा वर्षा भै रहेपनि हिमाली जिल्लाहरुमा भने हिमपात भै रहेको । विशेष गरी धादिङ्गका उत्तरी क्षेत्र रुविभ्याली, गोर्खाको सामागाउँ, चुमभ्याली, मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, दैलेखलगायतका जिल्लाको उत्तरी भागमा हिमपात भै रहेको छ । कतिपय ठाउँमा हिमपातका कारण जनजीवनसमेत कष्टकर बनेको छ ।

माघे झरीका तराईका जिल्लाहरुमा चिसो बढेको छ । चिसो बढेका कारण बृद्धबृद्धा र बालबालिकाको अवस्था कष्टकर बनेको छ । पानी पर्नेक्रम आइतबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाले आइतबाररातिदेखि विस्तारै मौसममा सुधार आउने अनुमान गरेको छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१०-०३, बिहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

नेपालको पश्चिमी ,मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ३ गते (शुक्रबार) 
दिउँसो : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातीः   देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।

माघ ४ गते (शनिबार) 
दिउँसो : देशभर आन्शिक देखि सामान्य बदली रहनेछ। पहाडी  भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

माघ ५ गते (आइतबार) 
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारण लाई अनुरोध छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र...

काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै...

उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी ! उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले...

युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै

२०७६ चैत्र ४ गते मंगलबार

१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा...

Top