देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


१७ जनवरी, २०२०
काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली सक्रिय हुँदा गएरातिदेखि देशका लगभग सबै क्षेत्रमा वर्षा भै रहेको छ । काठमाडौं उपत्यका र आसापसका जिल्लामा पनि गएरातिदेखि बर्षा जारी छ । पहाडी तथा तराईका जिल्लामा वर्षा भै रहेपनि हिमाली जिल्लाहरुमा भने हिमपात भै रहेको । विशेष गरी धादिङ्गका उत्तरी क्षेत्र रुविभ्याली, गोर्खाको सामागाउँ, चुमभ्याली, मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, दैलेखलगायतका जिल्लाको उत्तरी भागमा हिमपात भै रहेको छ । कतिपय ठाउँमा हिमपातका कारण जनजीवनसमेत कष्टकर बनेको छ ।

माघे झरीका तराईका जिल्लाहरुमा चिसो बढेको छ । चिसो बढेका कारण बृद्धबृद्धा र बालबालिकाको अवस्था कष्टकर बनेको छ । पानी पर्नेक्रम आइतबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाले आइतबाररातिदेखि विस्तारै मौसममा सुधार आउने अनुमान गरेको छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-१०-०३, बिहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):-

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

नेपालको पश्चिमी ,मध्य भू-भागमा र पुर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ३ गते (शुक्रबार) 
दिउँसो : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातीः   देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ।

माघ ४ गते (शनिबार) 
दिउँसो : देशभर आन्शिक देखि सामान्य बदली रहनेछ। पहाडी  भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

माघ ५ गते (आइतबार) 
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

रातीः   देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारण लाई अनुरोध छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै...

दुई सांसदसहित पूर्व प्रहरी महानिरीक्षक विरुद्ध अपहरणको उजुरी दर्ता दुई सांसदसहित पूर्व प्रहरी महानिरीक्षक विरुद्ध अपहरणको उजुरी दर्ता

२०७७ बैशाख २२ गते सोमबार

०४ मे, २०२०काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षकसहित बहालवाला...

अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’ अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत...

भारतका पूर्वराष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा निधन भारतका पूर्वराष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा निधन

२०७७ भाद्र १५ गते सोमबार

३१अगस्ट, २०२० नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको...

Top