Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०
काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको भूमिलाई समेत समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले आज पत्रकार सम्मेनमार्फत् नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा विगतमा नेपालको भूमि भएपनि भारतले कब्जा गरेर संरचना बनाएको तथा उनीहरुको देशको नक्सामा राखेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानीजस्ता भूभागलाई समेटिएको छ ।
यसअघि केहीदिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भारतले अतिक्रमण गरेको नेपाली भूमि समावेश गरेर नयाँ नक्सा सार्वजनिक गर्ने बताएकी थिइन् । यस्तै ३ दिनअघि बसेको मन्त्रीपरिषद्को बैठकले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सरकारको यो निर्णयलगत्तै मन्त्री अर्यालले आज नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ सार्वजनिक गरिएको नक्सा आजैको मितिबाट प्रचलनमा ल्याइने मन्त्री अर्यालले बताइन् । विगतमा सो क्षेत्रमा रहेको लिम्पियाधुरादेखी गुन्जी, नाभी र कुटीलगायतका क्षेत्रहरु नेपालको नक्सामा समावेश गरिएको मन्त्री अर्यालको भनाई छ ।
यो विषयमा भारतसरकारसँग पनि सौहार्दपूर्णरुपमा छलफल गर्ने उनले बताइन् । थप भूभाग समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएपछि नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर हुने भएको छ ।
केहीदिनअघि भारतले सो क्षेत्रमा एकलौटी रुपमा खनेको बाटो उद्घाटन गरेपछि त्यसको चौतर्फी विरोध हुँदै आएको थियो । त्यसपछि सरकारले यो निर्णय गरेको हो । सरकारको यो निर्णयलाई सबै नेपाली जनताले साथ र समर्थन गरेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान
२०८० आश्विन २९ गते सोमबार
१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री...
कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा थप १...
२४ घण्टामा थपिए १ हजार ३५९ कोरोना संक्रमित
२०७७ भाद्र १९ गते शुक्रबार
०४ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १...
कोरोना भाइरसको नाम अब ‘कोभिड १९’
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२०एजेन्सी । झण्डै एक हजार २ सय...
Top