Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०
कुरिनटार, गोरखा । गत चैत्र महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनसँगै बन्द गरिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ । मनकामना मन्दिर क्षेत्र विकास कोषले आगामी मंसीर २८ गतेदेखि सर्वसाधारणका लागि निश्चित सुरक्षा मापदण्ड पुरा गरी मन्दिर दर्शनको व्यवस्था गर्न लागेको जनाएको छ ।

मनकामनाको मन्दिर खोल्ने निर्णयसँगै केवलकार पनि सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण गएको चैत्र महिनादेखि केवलकारपनि सञ्चालनमा आउन सकेको थिएन । जसका कारण त्यस क्षेत्रका स्थानीय वासिन्दा तथा व्यवसायीहरु निक्कै समस्यामा परेका थिए । मन्दिरमा दर्शनार्थी र त्यस क्षेत्रमा पर्यटक नआउँदा व्यवसायीहरु अप्ठेरोमा परेका थिए ।
मन्दिर क्षेत्र विकास कोषले स्थानीय सरोकारवालाहरुसँगको सल्लाह पछि मन्दिर र केवलकार सर्वसाधारणको लागि खुल्ला गर्ने निर्णय गरेको हो । मन्दिर प्रवेश गर्नका लागि अनिवार्य रुपमा माक्स लगाउनुपर्ने, सामाजिक दुरी (लाईनमा बस्दा कम्तीमा ३ फिटको दुरी कायम गर्नुपर्ने) कायम गर्नुपर्ने तथा स्यानीटाइजरको व्यवस्था गरिएको छ । यस्तै मन्दिरमा केवलकारमार्फत् आउने यात्रुहरुको थर्मल गनबाट शरिरको तापक्रम नाप्ने व्यवस्था गर्न लागिएको छ ।
केवलकारमा पनि एकपटकमा ३ जनामात्रै यात्रु राखेर यात्रा गराउने तयारी भएको छ । यसअघि केवलकारमा एक पटकमा ६ जना यात्रुहरुलाई राखेर यात्रा गराईने गरिएको थियो । मन्दिर व्यवस्थापन समितिले दिएको जानकारी अनुसार धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ लाई आधार बनाएर नयाँ कार्यविधिसहित मन्दिर र केवलकार सञ्चालन गर्न खोजिएको हो ।
मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिएपनि विगतमा झै मन्दिर भित्र प्रवेश गरेर मनकामना माइको प्रतिमा (मूर्ति)लाई पुजा आराधना गर्न भने तत्काल नपाइने समितिले जनाएको छ । यद्यपि मन्दिरमा चढाउन लगिने फूल प्रसाद भने लैजान पाइने र पुजारी तथा अन्य सहयोगीले त्यसलाई मन्दिर भित्र लगेर चढाईदिने व्यवस्था गरिएको छ । यस्तै तत्कालका लागि पशुपन्छीको बलि चढाउने कार्य पनि मनकामना मन्दिरमा निषेध गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि...
नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा...
चीनको बुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हल्ला निराधार : डब्लुएचओ
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१जेनेभा, स्वीट्जरल्याण्ड । बिश्वमा हालसम्म साढे २३...
हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक
२०७७ श्रावण २४ गते शनिबार
०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले...
Top