कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार


२९ मार्च, २०२०
लण्डन । संयुक्त राज्य बेलायतका विभिन्न शहरमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाएका छन् । राजधानी लण्डनलगायतका शहरमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण गएरातिदेखि आज दिउँसोसम्ममा २ सय ९ जनाले ज्यान गुमाएका छन् ।

हिजो यही समयमा यहाँको सरकारले जारी गरेको बुलेटिन अनुसार हिजो मात्रै २ सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आज जारी भएको कोभिड १९ को पछिल्लो बुलिटनमा थप २ सय ९ जनाले ज्यान गुमाएको उल्लेख छ । यस्तै कोरोना संक्रमितको संख्या आज मात्रै झण्डै २५ सय थप भएको छ । लण्डनमा हालसम्म कोरोनाबाट भएको मानवीय क्षति, विरामीको संख्यालगायत तलको तथ्यांकमा हेर्नुहोस् ।

आइतबारको तथ्यांक, (स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजेसम्मको)
नयाँ मृतकको संख्या : २०९ जना
कुल मृतक : १ हजार २ सय २८ जना
कुल संक्रमित : १९ हजार ५ सय २२ जना
निको भएकाहरु : १ सय ३५ जना
गम्भीर अवस्थामा रहेका : १६३ जना

कोरोनाको संक्रमणले भयाबह रुप लिएपछि अहिले सिँगो लण्डन र आसपासका शहरलाई लकडाउन गरिएको छ भने अत्यावश्यक सेवा सुचारु रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना...

३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै ३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०वेस्टह्याम । गत मार्च २७ का दिन...

काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी...

नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना नेपाल भ्रमणवर्षलाई लक्षित गरी पर्यटकलाई छुट योजना

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०...

Top