Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०
टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा नाका थप एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ । अमेरिका र क्यानडा दुईदेबीच सरकारी स्तरमा भएको सहमति अनुसार आगामी जुन २१ तारिखसम्मका लागि दुबै देशको सिमानाका बन्द गर्ने निर्णय भएको क्यानडा सरकारले आफ्नो आधिकारिक वेवसाईटमा उल्लेख गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि एक अर्को देशबीचको सिमानाका बन्द गर्ने निर्णय भएको क्यानडाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यद्यपि सिमानाका बन्द भएपनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सवारी साधन तथा त्यसमा खटिएकाा जनशक्तिले निर्वाध रुपमा आफ्नो गन्तव्यमा पुग्नका लागि यात्रा गर्न पाउने उल्लेख गरिएको छ । यसअघि मे १८ सम्मका लागि दुईदेशबीचको सिमा बन्द गर्ने सहमति भएको थियो ।

पछिल्ला दिनमा दुबै देशमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि थप १ महिनाका लागि सिमानाका बन्द गर्ने निर्णय भएको हो । गतमार्च मार्च १८ देखि अमेरिका र क्यानडाले पहिलो पटक कोरोनालाई मध्यनजर गर्दै सिमानाका बन्द गर्ने घोषणा गरेको थियो । यद्यपि दुबै देशमा रोकिएर रहेका एक अर्को देशका नागरिकहरुले पनि निर्वाधरुपमा आफ्नो देशमा प्रवेश गर्न पाउने सहमतिपनि दुईदेशबीच भएको छ ।
अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ९२ हजार ८ सय १२ जनाको ज्यान गै सकेको छ भने १५ लाख ६१ हजार ७ सय ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस्तै क्यानडामा भने हालसम्म ७९ हजार ७० जनामा संक्रमण देखिएको छ । ती मध्ये ५ हजार ९ सय ९ जनाको ज्यान गै सकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको...
सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको...
कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरमा...
गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी
२०७६ कार्तिक १ गते शुक्रबार
१८ अक्टोबर २०१९ काठमाडौं । गैर आवासीय नेपाली संघ...
Top