Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०
काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं, ललितपुर र भक्तपुरमा ५ जनासहित देशका विभिन्न जिल्लामा २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उनीहरुको सम्कर्पमा रहेकाहरुको बारेमा स्वास्थ्यकर्मीहरुले जानकारी लिने काम अघि बढाएका छन् । यस्तै उपत्यका बाहिर झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, मकवानपुरमा १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। अब देशका ३६ जिल्लामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ । हालसम्म कोरोनाका कारण देशभर ४ सय २ जना संक्रमित भएका छन् । ती मध्ये ३७ जना उपचारपछि घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ । सरकारले कोरोना नियन्त्रणका लागि भन्दै आगामी जेठ २० गतेसम्मका लागि देशभर लकडाउनको घोषणा गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...
रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...
भारतीय ध्वजाबाहक विमान दुर्घटना : २ सय भन्दा बढीको मृत्यु
२०८२ जेठ २९ गते बिहिबार
१२ जुन, २०२५ नयाँदिल्ली, भारत । भारतको अहमदाबादबाट लण्डनका...
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...
Top