सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार


१४ अप्रिल, २०२१
रंगुन, म्यानमार । म्यानमारमा गएको फेब्रुअरीदेखि जारी सैन्य दमनमा नेपाली मुलुका म्यानमारीहरु समेत पर्न थालेका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार म्यानमारको तामु शहरमा सेनाले सडकमा मोटरसाइकलमा सवार नेपाली दम्पत्तीमाथि गोली प्रहार गरी हत्या गरेका छन् । सेनाले चलाएको गोली लागेर म्यानमार गोर्खा समुदायसम्बद्ध किसान गौतम र उनकी ३० वर्षकी श्रीमती हरिमाया गौतमको ज्यान गएको छ ।

स्थानीय समय अनुसार मंगलहार साँझ उनीहरु दुध बेच्नका लागि बजार जाँदै गर्दा सेनाको निशानामा परेका थिए । सेनाले चलाएको गोली लागेर नेपालीमुलुका गौतम दम्पत्तिको घटनास्थलमै मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमार गोर्खा समुदायलाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार २ छोरा र एक छोरीसहित सो शहरमा बस्दै आएका गौतम दम्पत्ति विगत लामो समयदेखि दुध बेचेर जीविकोपार्जन गर्दै आइरहेका थिए । उनीहरुको शव स्थानीय एक नहर छेउमा भेटिएको थियो ।

म्यानमार गोर्खा संघका पूर्वमहासचिव लक्ष्मण न्यौपानेका अनुसार गौतमको परिवार तीन पुस्ता अघिदेखि सो शहरमा बसोबास गर्दै आइरहेको छ । म्यानमारमा सैन्य कुको विरुद्धमो भै रहेको जनप्रदर्शनका क्रममा हालसम्म ७ सय भन्दा बढीको ज्यान गै सकेको छ । गएको फेब्रुअरी १ तारिखका दिन म्यानमारका प्रजातन्त्रबादी नेतृ आङ्गसाङ्ग सुकीलगायतका नेताहरुलाई नियन्त्रणमा लिएर सेनाले सासनसत्ता आफ्नो हातमा लिएको थियो ।

पछिल्ला दिनहरुमा प्रदर्शनकारीको संख्या तथा प्रदर्शनस्थल पनि बढ्दै गएका कारण आन्दोलन थप हिंसात्मक बन्न थालेको छ ।

थप यो पनि पढ्नुहोस् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत  महिलामा कोरोना संक्रमण काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत महिलामा कोरोना संक्रमण

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी...

नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण...

७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित) ७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित)

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न...

काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने काठमाडौं उपत्यकासहित देशका सबै जिल्लाभित्र सार्वजनिक गाडी चलाउन अनुमति, भाडा ५० प्रतिशत बढ्ने

२०७७ असार २५ गते बिहिबार

०९ जुलाई, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र...

Top