सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार


१४ अप्रिल, २०२१
रंगुन, म्यानमार । म्यानमारमा गएको फेब्रुअरीदेखि जारी सैन्य दमनमा नेपाली मुलुका म्यानमारीहरु समेत पर्न थालेका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार म्यानमारको तामु शहरमा सेनाले सडकमा मोटरसाइकलमा सवार नेपाली दम्पत्तीमाथि गोली प्रहार गरी हत्या गरेका छन् । सेनाले चलाएको गोली लागेर म्यानमार गोर्खा समुदायसम्बद्ध किसान गौतम र उनकी ३० वर्षकी श्रीमती हरिमाया गौतमको ज्यान गएको छ ।

स्थानीय समय अनुसार मंगलहार साँझ उनीहरु दुध बेच्नका लागि बजार जाँदै गर्दा सेनाको निशानामा परेका थिए । सेनाले चलाएको गोली लागेर नेपालीमुलुका गौतम दम्पत्तिको घटनास्थलमै मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमार गोर्खा समुदायलाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार २ छोरा र एक छोरीसहित सो शहरमा बस्दै आएका गौतम दम्पत्ति विगत लामो समयदेखि दुध बेचेर जीविकोपार्जन गर्दै आइरहेका थिए । उनीहरुको शव स्थानीय एक नहर छेउमा भेटिएको थियो ।

म्यानमार गोर्खा संघका पूर्वमहासचिव लक्ष्मण न्यौपानेका अनुसार गौतमको परिवार तीन पुस्ता अघिदेखि सो शहरमा बसोबास गर्दै आइरहेको छ । म्यानमारमा सैन्य कुको विरुद्धमो भै रहेको जनप्रदर्शनका क्रममा हालसम्म ७ सय भन्दा बढीको ज्यान गै सकेको छ । गएको फेब्रुअरी १ तारिखका दिन म्यानमारका प्रजातन्त्रबादी नेतृ आङ्गसाङ्ग सुकीलगायतका नेताहरुलाई नियन्त्रणमा लिएर सेनाले सासनसत्ता आफ्नो हातमा लिएको थियो ।

पछिल्ला दिनहरुमा प्रदर्शनकारीको संख्या तथा प्रदर्शनस्थल पनि बढ्दै गएका कारण आन्दोलन थप हिंसात्मक बन्न थालेको छ ।

थप यो पनि पढ्नुहोस् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना...

युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...

तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको...

दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व...

Top