सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित)

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार


१४ अगस्ट, २०२०
बाह्रबिसे, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुफाल गाउँपालिकाको वडा नम्बर २ लिदीमा गएको पहिरोमा परी हराईरहेका ३८ जनाको नामावली प्राप्त भएको छ । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार स्थानीय लिदीका करिब ३० घर पहिरोले पुर्दा हालसम्म ३८ जना वेपत्ता भएको र उनीहरुको परिचय समेत खुलेको छ ।

अहिले घटनास्थलमा स्थानीय वासिन्दा, नेपाली सेना र नेपाल प्रहरीले उद्दारको प्रयास गरिरहेको छ । जुगल गाउँपालिकाको वडा नम्बर २ को लिदीमा माथिबाट डाँडैसहित खसेको पहिरोले स्थानीय तामाङ्ग समुदायको बस्ती रहेको सो स्थानमा ठूलो क्षति पु-याएको छ । घटनामा घाइते भएकाहरुलाई हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि जिल्ला सदरमुकाम चौतारा र काठमाडौ लगिएको छ ।

आज मध्यान्ह करिब साढे १२ बजेसम्म प्राप्त जानकारी अनुसार निम्न मानिसहरु पहिरोमा परी हराईरहेका छन् । (यो समाचार अपलोड गर्नैलाग्दा गर्दा थप एकजना वेपत्ताको नाम प्राप्त भएकोले कुल वेपत्ताको संख्या ३८ पुगेको छ ।) घटनामा वेपत्ता भएका मध्ये ५ जनाको शव भेटिएको भएपनि उनीहरुको सनाखत भने खुल्न सकेको छैन ।

सूचना स्रोत : जुगल गाउँपालिका ।

यो पनि पढ्नुहोस् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं

२०७७ जेठ १९ गते सोमबार

माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...

विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा...

आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार

२०७७ असार ४ गते बिहिबार

१८ जुन २०२०कुवेत सिटी । रोजगारीका लागि कुवेत आएका...

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...

Top