सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव

Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार


१९ मे, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका करिब ४५ लाख युवा युवतीलाई तत्काल नेपाल फिर्ता ल्याउन असम्भव भएको बताएका छन् । नेपालसँग विद्यमान रहेको साधनस्रोत (विशेषतः हवाईजहाज र क्वारेन्टाइन बनाउने जनशक्ति) ले विदेशबाट आएकाहरुलाई अहिलेको महामारीमा व्यवस्थापन गर्न असहज हुने भन्दै प्रधानमन्त्री ओलीले सरकारसँग इच्छा शक्ति भएपनि तत्काल उनीहरुलाई फिर्ता ल्याउन नसकिने बताएका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न स्थानमा रहेका नेपालीहरुले घर फर्कनका लागि सरकारसँग याचना गरिरहँदा सरकार प्रमुख ओलीले यस्तो जवाफ दिएका हुन् । संसदमा आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले कोरोना भाइरसका विरुद्ध नेपाल सरकारले अहिले गरिरहेको तयारी पर्याप्त नभएको स्वीकार गरे ।

उनले अब संकटको समाधानका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए । विदेशमा रहेका नेपालीहरुका सन्दर्भमा उनले जटिल अवस्थामा रहेका र नेपाल फर्कनुपर्ने बाध्यतामा रहेकाहरुको अवस्था बुझेर उनीहरुलाई भने नेपाल ल्याउने काममा सरकारले तयारी अघि बढाउने बताए ।

प्रधानमन्त्रीले भने –“नेपालसँग भएको साधन स्रोतका हिसावले तत्काल उनीहरुलाई नेपाल फिर्ता ल्याउन सम्भव छैन, ४५ लाखलाई ल्याएर कहाँ राख्ने र क्वारेनटाइन कसरी निर्माण गर्ने, जनशक्तिकै अभाव हुने देखिन्छ । किनभने सबै जनशक्ति बाहिर छन् ।” अहिलेको जोखिमपूर्ण अवस्थमा उनीहरुलाई ल्याएर थप जोखिममा पार्न सरकारले नचाहेको भन्दै जहाँ जस्तो अवस्थामा रहेको भएपनि आफ्नो सुरक्षामा ध्यान दिन उनले आग्रह गरे ।

विशेषत : रोजगारीका लागि खाडी राष्टमा पुगेका युवाहरु रहेको देशका राष्ट्र तथा सरकार प्रमुखसँग आफूले टेलिफोनवार्ता गरेको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई कुटनीतिक तबरबाट फिर्ता ल्याउने वा त्यहि काम गर्न दिने भन्ने विषयमा घनिभूत छलफल भै रहेको बताए । उनले तत्काल फिर्ता आउन चाहने र धेरै समस्यामा रहेकाहरु नेपालीहरुको बारेमा सम्बन्धित देशमा रहेका दूतावासमार्फत् जानकारी लिइने बताए ।

नेपालसँग रहेको हवाईजहाज पनि उनीहरुलाई फिर्ता ल्याउन अपर्याप्त रहेको भन्दै सबैलाई उद्दार गर्नका लागि महिनौ समय लाग्ने उनको भनाई छ । यद्यपि विदेशमा रहेका सबै नेपालीप्रति सरकार जिम्मेवार रहेको प्रधानमन्त्रीले बताए । उनले कोरोनासम्बन्धी स्वास्थ्य सामग्री खरिद प्रकरणमा कसैले भ्रष्टाचार गरेको ठहर भए त्यसमाथि कारबाही गर्ने प्रतिबद्दता उनले जनाएका छन् । तत्कालीन अवस्थामा सामाग्री छिटो चाहिने भएकोले छोटो बाटो अपनाइएको भन्दै उनले भ्रष्टाचारको गन्ध आएको विषयमा सरकारले महामारी सकिएपछि छानबिन थाल्ने बताए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक

२०७६ चैत्र २९ गते शनिबार

काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...

३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त ३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि...

काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा...

नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको...

Top