Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०
नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको देशको सूचीको पहिलो नम्बरमा भारत परेको छ । भारतले पछिल्लो २४ घण्टामा (मंगलबार अपरान्हदेखि बुधबार अपरान्हसम्म) हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको तथ्य सार्वजनिक गरेको छ ।

भारत सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार २९ जना कोरोना संक्रमित भेटिएका छन् । जुन विश्वमा एउटै देशमा एकैदिन भेटिएका कोरोना संक्रमितमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै संख्याा हो । यसअघि पहिलो पटक जुलाई १६ मा विश्वमा एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा भेटिएको रेकर्ड छ । जहाँ ७७ हजार २ सय ५५ जना कोरोना संक्रमित भेटिएका थिए ।
तर यो रेकर्डलाई पछि पार्दै भारतले अगस्ट २९ मा मात्रै ७८ हजार ९ सय ३ जना संक्रमित फेला परेको तथ्य सार्वजनिक गरेको थियो । भारतमा कोरोनाका कारण हालसम्म ६७ हजार ४ सय १५ जनाको कोरोनाकै कारण ज्यान गै सकेको छ भने हालसम्म ३८ लाख ४५ हजार भन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ । ३० लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ । यसका साथै नयाँदिल्ली, उत्तरप्रदेशलगायतका ठाउँहरुमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा...
कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)
२०७६ चैत्र २२ गते शनिबार
पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण...
चीनबाट १७५ नेपालीको उद्दार, कम्तीमा २ साताका लागि भक्तपुरको खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहने
२०७६ फाल्गुन ४ गते आइतबार
१६ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले चीनका विभिन्न शहरमा...
उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक...
Top