१५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार


१७ मे, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलन नदिनका लागि आवश्यक तयारीका लागि भन्दै लकडाउनको समय फेरि लम्बाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले आगामी जेठ २० गतेसम्मका लागि लकडाउनको समय लम्ब्याउने निर्णय गरेको मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ ।

यसअघि गएको चैत्र ५ गतेदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । पछिल्लो पटक थप भएको लकडाउनको समयावधि सकिन ३० घण्टा भन्दा कम समय बाँकी हुँदा सरकारले थप १५ दिन लकडाउन बढाउने घोषणा गरेको हो । यसपटक सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै अब जेठ २० गतेसम्म काठमाडौं उपत्यकालगायत देशका प्राय सबै क्षेत्रमा लकडाउन हुने भएको छ ।

यद्यपि लकडाउन जारी रहेपछि अवस्था हेरेर कम जोखिम रहेका हिमाली जिल्लाको जनजीवन सहज बनाउन सकिने विषयमा पनि मन्त्रीपरिषद्मा छलफल भएको छ । यसअघि कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले कम्तीमा १० दिन लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको थियो । सरकारले समितिको सुझाव र पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै थप १५ दिन लकडाउन थप्ने निर्णय गरेको हो ।

यसबीचमा लकडाउन खुकुलो बनाउने तयारीमा सरकार जुटेको भएपनि कोरोना संक्रमित बढ्न थालेपछि र कोरोनाका कारण मानिसको ज्यान नै जाने घटना भएपछि लकडाउन थप्नुको विकल्प नदेखिएका कारण १५ दिन थप गरिएको मन्त्रीपरिषद् स्रोतको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ...

मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...

भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला केहीदिनयता कोरोना भाइरसको...

यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र

२०७८ श्रावण ८ गते शुक्रबार

२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...

Top