Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०
भेडेटार । पूर्वी नेपालको धनकुटा र मोरङ्गमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । मोरङ्ग जिल्लाको विराटनगरमा आज पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको जानकारी अनुसार उनीहरुको स्वाब परीक्षणका क्रममा विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानबाट आएको रिपोर्टमा उनीहरुमा कोरोना भएको पुष्टि भएको हो । छ । यस्तै धनकुटामा पनि एकजना संक्रमित भेटिएका छन् ।

धनकुटाकी ३५ वर्षकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षमा तीनैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरमा भेटिएका २ जना संक्रमित पुरुष रहेका छन् । उनीहरु ३६ र २९ वर्षका छन् । यसअघि प्रदेशनम्बर एकको झापा, उदयपुर र भोजपुरमा कोरोना संक्रमित भेटिएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । यस्तै ३६ जना उपचारपछि घर फर्केका छन् भने हालसम्म कोरोका कारण २ जनाको ज्यान गै सकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो
२०७६ फाल्गुन ४ गते आइतबार
१६ फेब्रुअरी, २०२० काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा...
देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...
‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा
२०७७ माघ ३० गते शुक्रबार
१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...
साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर...
Top