काठमाडौं गोंगबुमा तरकारी बेच्थिन् कोरोनाबाट ज्यान गुमाउने सिन्धुपाल्चोककी महिला

Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार


मृतक महिलाको शव शवबहानबाट निकालेर विद्युतीय शवदाह गृहमा लगिँदै ।

१६ मे, २०२०
काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा बिहीबार राती ज्यान गुमाएकी सिन्धुपाल्चोककी चालिसे थरकी महिला विगत लामो समयदेखि काठमाडौंको गोंगबुस्थित तरकारी बजारमा तरकारी बेचेर आफ्नो गुजारा गर्दै आएको खुलेको छ । आफ्ना श्रीमान् र एक छोराका साथ टोखा नगरपालिका वडा नम्बर ९ मा पर्ने काभ्रे डेरी भन्दा केही मिटर अगाडिको घरमा बस्दै आएको बुझिएको छ । गोंगबु क्षेत्रमा बस्दै आएकी उनी बिहान बेलुकाको समयमा गोंगबुको तरकारी बजारमा तरकारी बेच्ने गरेको उनका छिमेकीहरु बताउँछन् ।

नेपाली सेनामा कार्यरत उनका श्रीमान् जागिरबाट राजीनामा दिएपछि श्रीमान् श्रीमती दुबै मिलेर तरकारी बेच्ने पेशा अँगालेका थिए । “दुबै मिलेर उनीहरु तरकारी बेच्थे, श्रीमान् बिहान कालीमाटी पुगेर तरकारी ल्याउँथे । उनीहरुको परिवार हाँसिखुसी थियो ।” गोंगबु तरकारी बजारमा पसल राख्ने एक महिला बताउँछिन् । ११ वर्षको उनको पहिलो छोरा पनि काठमाडौंमै पढ्थे । तर कोरोनाको संक्रमणका कारण काठमाडौंमा लकडाउन भएपछि विद्यालयसँगै अन्य क्षेत्र ठप्प भएपछि उनीहरुको परिवार सिन्धुपाल्चोकको बाह्रबिसेस्थित राम्चेगाउँमा गएर बस्न थालेको थियो । २९ वर्षकी गर्भवती चालिसे भने विगत ३/४ महिनायता तरकारी पसलमा त्यति धेरै बस्दैैन थिइन् । आफ्नो पेटमा बढ्दै गएको बच्चाले गर्दा उनी धेरै दौडधुप गर्ने अवस्थामा नभएका कारण गएको फागुनदेखि नै तरकारी पसलमा कम आउने गरेको उनीसँगै तरकारी पसल राखेर बस्ने अन्य छिमेकी व्यापारीहरु बताउँछन् ।

लकडाउनका कारण काठमाडौंमा बस्न असहज भएपछि उनी काठमाडौंमा पढ्ने ११ वर्षका छोरालाई लिएर चैत्रको पहिलो साता नै बाह्रबिसेस्थित घर गएकी थिइन् । यसबीचमा उनले आफ्नो गर्भमा रहेको बच्चाको राम्ररी हेरचाह गरिरहेकी थिइन् । बेला–बेला उनी चिकित्सककोमा गएर बच्चाको अवस्थाको बारेमा जानकारी लिइरहन्थिन् । शिक्षण अस्पतालमा आफूले चेकजाँच गराएका चिकित्सकसँग उनले फोनबाटै परामर्श लिने गरेकी थिइन् । फलस्वरुप गएको बैशाख २३ गते राति उनले दोश्रो छोरालाई सकुशल रुपमा जन्म दिइन र त्यसको ९ दिनमा उनले संसार त्यागिन् । सिन्धुपाल्चोकस्थित घरमा रहँदा उनी सासु, जेठो छोरा र श्रीमान्सँग बस्दै गरेकी थिइन् । बैशाख २३ गते शिक्षण अस्पतालमा प्रसुती गराउन आउँदासम्म उनको अवस्था सामान्य रहेको बताइएको छ ।

उनलाई शिक्षण अस्पतालमै कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको भएपनि यसको औपचारिक पुष्टि हुन सकेको छैन । सुत्केरी भएपछि उनी काठमाडौंको कोठामा गए नगएको बारेमा भने अहिलेसम्म केही खुल्न सकेको छैन । श्रीमतीको मृत्युपछि भावविह्वल बनेका उनका श्रीमान आफ्नो नवजात शिशुलाई कुरेर धुखिलेल अस्पतालमै बसेका छन् । श्रीमतीको मृत्यु भएपछि अब नवजात शिशुलाई कसरी जोगाउने भन्ने चिन्ता उनलाई छ । कोरोनाको कारण श्रीमतीको मृत्यु भएपनि उनका श्रीमान् र नवजात बालकको पनि स्वाब परीक्षण कार्य अघि बढाईको छ । स्वाबको रिपोर्ट आइसकेको छैन ।

“धेरै अप्ठेरो परिस्थिति सिर्जना भयो, अहिलेसम्म त बालकको अवस्था सामान्य छ । तर उनलाई दुध खुवाउन तथा थप हेरचाह गर्न अब दोश्रो व्यक्ति अस्पताल आउन सक्ने अवस्था छैन, अस्पतालले नै उनको पूर्णरुपमा निगरानी गर्नुपर्ने अवस्था आएको छ” धुलिखेल अस्पताल सम्बद्ध एक चिकित्सक बताउँछन् । मृतक महिलाको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । उनी नेपालमा कोरोनाका कारण ज्यान गुमाउने पहिलो व्यक्ति बनेकी छिन् ।

यसैबीच काठमाडौंको टोखा नगरपालिकास्थित गोंगबुको उनको डेरा क्षेत्रमा पनि अहिले शिल गरिएको बुझिएको छ । सो क्षेत्रमा शिल गरेर उनको कोठा क्षेत्रमा चेकजाँच गर्न उनका घरबेटीले सुरक्षाकर्मी एवं चिकित्सकसँग आग्रह गरेपछि सो क्षेत्र सिल गरिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण

२०७७ असार १५ गते सोमबार

२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...

प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम

२०७९ फाल्गुन १४ गते आइतबार

२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...

वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु ! वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना...

Top