दक्षिण कोरिया पुग्यो कोरोना भाइरसको प्रकोप, १ को मृत्यु, कम्तीमा १ सयमा संक्रमण

Best Khabar Team | २०७६ फाल्गुन ९ गते शुक्रबार


२१ जनवरी, २०२०
सोल । दक्षिण कोरियामा पहिलोपटक कोरोना भाईरसबाट एकजनाको ज्यान गएको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरसबाट दक्षिण कोरियामा एकजनाले ज्यान गुमाएपछि यहाँका सरकारी अधिकारीहरुले नगर क्षेत्रभित्रका मानिसहरुलाई घरबाहिर ननिस्कन निर्देशन दिएका छन् ।

दक्षिण कोरियामा हालसम्म करिब १ सय जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । स्थानीय एक चर्चमा कोरोनाको संक्रमण भएका एक व्यक्ति प्रार्थनाका लागि पुगेपछि त्यहाँका अन्य मानिसहरुमा समेत कोरोना भाईरसको प्रकोप देखिएको दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरकारको यो निर्देशनसंगै दक्षिण कोरियाको डाइगु क्षेत्रका करिब २५ लाख मानिसहरु अब घरभित्रै बस्नुपर्ने भएको छ । शुरुमा करिब ६० वर्षीया बृद्दामा कोरोनाको संक्रमण देखिएको थियो । ती महिला चर्चमा प्रार्थनाका लागि गएका बेला अन्यमा पनि कोरोनाको संक्रमण फैलिएको आशंका गरिएको छ ।

यो सँगै अब दक्षिण कोरियामा पनि कोरोना भाइरसले महामारीको रुप लिनसक्ने भन्दै यहाँका अस्पताल तथा चिकित्सकहरुलाई आवश्यक सबै तयारी अघि बढाउन आग्रह गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा एकैदिन १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर आइसोलेनबाट घर फर्के नेपालमा एकैदिन १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर आइसोलेनबाट घर फर्के

२०७७ असार २९ गते सोमबार

१३ जुलाई, २०२०काठमाडौं । नेपालमा एकैदिन १ हजार ७...

ललितपुर दुर्घटना : एक पत्रकार र एक कलाकारको ज्यान गयो ललितपुर दुर्घटना : एक पत्रकार र एक कलाकारको ज्यान गयो

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९ काठमाडौं । उपत्यकाको ललितपुरमा आज भएको...

कसले जलायो चितवनमा एनसेलको टावर ? कसले जलायो चितवनमा एनसेलको टावर ?

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा...

सरकारले भन्यो : विदेशमा  रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा...

Top