Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९
न्यूयोर्क । केही वर्षयता बन्दुकबाट असुरक्षित बन्दै गएको अमेरिकामा पछिल्लो पटक भएको गोलीकाण्डमा ६ जनाको ज्यान गएको छ । स्थानीय न्यूजर्सी राज्यमा बुधबार एका विहानै भएको गोलीकाण्डमा १ प्रहरी अधिकारी सहित ६ जनाको मृत्यु भएको बताइएको छ । करिब एक घण्टासम्म चलेको गोलीकाण्डमा केही प्रहरी अधिकारीहरु घाइते भएका छन् ।
न्यूजर्सी शहरको ग्रिनवीले क्षेत्रमा रहेको एक पसलबाट बन्दुक लिएर दुइजना संदिग्ध बन्दुकधारीले गोली प्रहार गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। भीडन्तमा मारिएका प्रहरी अधिकार जोसेफ सिल्स १३ वर्षदेखि जर्सी शहरमै बसेर र बन्दुकधारी नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ।

संदिग्ध व्यक्तिलाई समाउन नियन्त्रणमा लिन जाने क्रममा नै जोसेफमाथि गोली प्रहार भएको थियो। भिडन्त शुरू भएपछि सो स्थानमा विशेष प्रहरी इकाइ पुगेर संदिग्ध बन्दुकधारीलाई गोली हानेर मारेका थिए। सो व्यक्तिको साथबाट प्रहरीले एउटा राइफल तथा सयौं राउन्ड गोलीसमेत बरामद गरेको छ। यो भीडन्तमा अन्य को को संलग्न छन् तथा आक्रमणको उद्देश्य के हो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन।
ती दुई बन्दुकधारीले जानीजानी यहुदी जेसी कोसर सुपरमार्केट लक्षित आक्रमण गरेको जर्सीका प्रहरीले जनाएको छ। यसैबीच न्युयोर्कका मेयर बिल दि ब्लासियोले ट्विट गर्दै त्यहाँ खासै हमलाको धम्की नआए पनि विशेषगरी यहुदी समुदायको सुरक्षाका लागि प्रहरीलाई सतर्क रहन निर्देशन दिएका छन् । घटनालगत्तै त्यो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा कोरोनाबाट थप २ नेपालीको ज्यान गयो
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०बेस्टह्याम । पछिल्लो पटक बेलायतमा कोरोना संक्रमणबाट...
धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि
२०८२ बैशाख १९ गते शुक्रबार
०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल...
भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको...
रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने...
Top