अमेरिकाको न्यूजर्सीमा पसलबाट बन्दुक किनेलगत्तै भएको गोलीकाण्डमा ६ मारिए

Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार


१५ डिसेम्बर, २०१९
न्यूयोर्क । केही वर्षयता बन्दुकबाट असुरक्षित बन्दै गएको अमेरिकामा पछिल्लो पटक भएको गोलीकाण्डमा ६ जनाको ज्यान गएको छ । स्थानीय न्यूजर्सी राज्यमा बुधबार एका विहानै भएको गोलीकाण्डमा १ प्रहरी अधिकारी सहित ६ जनाको मृत्यु भएको बताइएको छ । करिब एक घण्टासम्म चलेको गोलीकाण्डमा केही प्रहरी अधिकारीहरु घाइते भएका छन् ।

न्यूजर्सी शहरको ग्रिनवीले क्षेत्रमा रहेको एक पसलबाट बन्दुक लिएर दुइजना संदिग्ध बन्दुकधारीले गोली प्रहार गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। भीडन्तमा मारिएका प्रहरी अधिकार जोसेफ सिल्स १३ वर्षदेखि जर्सी शहरमै बसेर र बन्दुकधारी नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ।

तस्वीर साभार : अलजजिरा ।

संदिग्ध व्यक्तिलाई समाउन नियन्त्रणमा लिन जाने क्रममा नै जोसेफमाथि गोली प्रहार भएको थियो। भिडन्त शुरू भएपछि सो स्थानमा विशेष प्रहरी इकाइ पुगेर संदिग्ध बन्दुकधारीलाई गोली हानेर मारेका थिए। सो व्यक्तिको साथबाट प्रहरीले एउटा राइफल तथा सयौं राउन्ड गोलीसमेत बरामद गरेको छ। यो भीडन्तमा अन्य को को संलग्न छन् तथा आक्रमणको उद्देश्य के हो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन।

ती दुई बन्दुकधारीले जानीजानी यहुदी जेसी कोसर सुपरमार्केट लक्षित आक्रमण गरेको जर्सीका प्रहरीले जनाएको छ। यसैबीच न्युयोर्कका मेयर बिल दि ब्लासियोले ट्विट गर्दै त्यहाँ खासै हमलाको धम्की नआए पनि विशेषगरी यहुदी समुदायको सुरक्षाका लागि प्रहरीलाई सतर्क रहन निर्देशन दिएका छन् । घटनालगत्तै त्यो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...

यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र...

काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैदेखि...

Top