Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका कारण त्रसित बनेको छ । कतिपय देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले सिँगो देशलाई लडकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुहरु घरभित्रै बस्ने र परिवारका सदस्यहरुसँग बसेर विभिन्न सिर्जनात्मक काम गर्नेमा व्यस्त छन् ।
कतिपय मानिसहरु समय कसरी कटाउने भन्नेमा चिन्तित देखिन्छन् भने सामाजिक सञ्जालमा अनावश्यक रुपमा समय खर्च गरिरहेका छन् । तर इच्छाशक्ति भयो भने जहाँ जस्तो अवस्थामा रहेपनि कठिन काम फत्ते गर्न सकिन्छ भन्ने भनाईलाई चरितार्थ गरिदिएकी छन् चर्चित गायिका सरिश्मा अमात्यले । कर्मको पदाचापलाई पछ्याउँदै विगत केहीवर्षदेखि अमेरिका बस्दै आएकी गायिका सरिश्मा पनि कोरोनाको कहरबाट आक्रान्त नबनेकी होइनन् ।
त्यसो त अहिले अमेरिकामा दैनिक हजारौं मानिसहरुले कोरोनाका कारण ज्यान गुमाईरहेका छन् । यस्तो त्रासदीपूर्ण अवस्थामा चिन्ता होइन चिन्तन गर्नुपर्दछ भन्ने भनाईलाई सरिश्माले साकार पारिदिएकी छन् । लकडाउनकै बीचमा उनले आफ्नै घरमा बसेर आफ्नो सांगीतिक कर्मलाई निरन्तरता मात्रै दिइनन्, एउटा गीतको म्यूजिक भिडियो नै बनाइन् । अनि ‘ढुकढुक गर्ने दिलैमा’ बोलको त्यो सुन्दर म्यूजिक भिडियो दर्शकहरु माझ सार्वजनिक नै गर्न भ्याईन् । त्यो पनि छोटो समयमै । कोरोनाका कहरका कारण ढुकढुक भएको संगीत पारखीहरुको मुटुमा सरिश्माको नयाँ सांगीतिक प्रस्तुतीले पक्कैपनि शितलता प्रदान गर्नेछ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्ने चर्चित गायिका सरिश्मा नेपालकी चर्चित गायिकामा पर्दछिन् । उनले कोरोना कहरकै बीच घरभित्रै बसेर पनि आफ्नो कामलाई निरन्तरता दिन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेकी छन् प्रस्तुत गीत ‘ढुकढुक गर्ने दिलैमा’ मार्फत् । बेष्टखबरसँगको कुराकानीमा उनले भनिन्–“कर्म गर्नलाई कुनै ठाउँ, समय र परिस्थितिले छेक्दैन भन्ने पुष्टि गर्न मैले यो सांगीतिक प्रस्तुती पस्केको हुँ । १५ वर्ष अघिको गीतको भिज्योल गरेको छु, आशा छ दर्शक श्रोताहरुले यसलाई मन पराईदिनु हुनेछ ।’’ एउटा सांगीतिक प्रस्तुती त्यसमा पनि श्रव्य दृष्यसहित ।
घरको चारभित्ताभित्र बसेर गीतमा उल्लेख भएका शब्द शब्दलाई पुग्ने गरी दृष्य दिनु कम्ती चुनौतीपूर्ण विषय होइन । तर सरिश्माले यसमा ‘पासमार्क’ होइन ‘प्रथम श्रेणी’ नै हासिल गरेकी छन् । अझ अचम्मको कुरा त के छ भने घरभित्र गरिएको भिडियाको छायाङ्कनका लागि आवश्यक पर्ने श्रृङ्गार पनि उनी आफैंले गरेकी हुन् । गीतको निर्देशन, क्यामेरा र भिडियो एडिटिङको काम उनका पति तथा चर्चित गायक संजीप प्रधानले गरेका हुन् ।
मधुरीमा २ नामक एल्बममा समावेश यो गीतमा संगीत चर्चित संगीकार अनिल शाहीले भरेका छन् भने शब्द रचना रचना जनक दिप पराजुलीको रहेको छ । भोलिका दिनमा अन्य प्रतिभाहरुलाई पनि यसैगरी समयको सदुपयोग गरी आफ्नो कर्मलाई निरन्तरता दिन सरिश्माको यो प्रयास प्रेरणादयी बन्ने निश्चित छ । म्यूजिक भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता
२०७६ मंशिर १७ गते मंगलबार
०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...
काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द
२०७७ असार २३ गते मंगलबार
०८ जुलाई, २०२०काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना...
कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना...
बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी, २०२० काठमाडौं । बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा...
Top