लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)

Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार


२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका कारण त्रसित बनेको छ । कतिपय देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले सिँगो देशलाई लडकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुहरु घरभित्रै बस्ने र परिवारका सदस्यहरुसँग बसेर विभिन्न सिर्जनात्मक काम गर्नेमा व्यस्त छन् ।

कतिपय मानिसहरु समय कसरी कटाउने भन्नेमा चिन्तित देखिन्छन् भने सामाजिक सञ्जालमा अनावश्यक रुपमा समय खर्च गरिरहेका छन् । तर इच्छाशक्ति भयो भने जहाँ जस्तो अवस्थामा रहेपनि कठिन काम फत्ते गर्न सकिन्छ भन्ने भनाईलाई चरितार्थ गरिदिएकी छन् चर्चित गायिका सरिश्मा अमात्यले । कर्मको पदाचापलाई पछ्याउँदै विगत केहीवर्षदेखि अमेरिका बस्दै आएकी गायिका सरिश्मा पनि कोरोनाको कहरबाट आक्रान्त नबनेकी होइनन् ।

त्यसो त अहिले अमेरिकामा दैनिक हजारौं मानिसहरुले कोरोनाका कारण ज्यान गुमाईरहेका छन् । यस्तो त्रासदीपूर्ण अवस्थामा चिन्ता होइन चिन्तन गर्नुपर्दछ भन्ने भनाईलाई सरिश्माले साकार पारिदिएकी छन् । लकडाउनकै बीचमा उनले आफ्नै घरमा बसेर आफ्नो सांगीतिक कर्मलाई निरन्तरता मात्रै दिइनन्, एउटा गीतको म्यूजिक भिडियो नै बनाइन् । अनि ‘ढुकढुक गर्ने दिलैमा’ बोलको त्यो सुन्दर म्यूजिक भिडियो दर्शकहरु माझ सार्वजनिक नै गर्न भ्याईन् । त्यो पनि छोटो समयमै । कोरोनाका कहरका कारण ढुकढुक भएको संगीत पारखीहरुको मुटुमा सरिश्माको नयाँ सांगीतिक प्रस्तुतीले पक्कैपनि शितलता प्रदान गर्नेछ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्ने चर्चित गायिका सरिश्मा नेपालकी चर्चित गायिकामा पर्दछिन् । उनले कोरोना कहरकै बीच घरभित्रै बसेर पनि आफ्नो कामलाई निरन्तरता दिन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेकी छन् प्रस्तुत गीत ‘ढुकढुक गर्ने दिलैमा’ मार्फत् । बेष्टखबरसँगको कुराकानीमा उनले भनिन्–“कर्म गर्नलाई कुनै ठाउँ, समय र परिस्थितिले छेक्दैन भन्ने पुष्टि गर्न मैले यो सांगीतिक प्रस्तुती पस्केको हुँ । १५ वर्ष अघिको गीतको भिज्योल गरेको छु, आशा छ दर्शक श्रोताहरुले यसलाई मन पराईदिनु हुनेछ ।’’ एउटा सांगीतिक प्रस्तुती त्यसमा पनि श्रव्य दृष्यसहित ।

घरको चारभित्ताभित्र बसेर गीतमा उल्लेख भएका शब्द शब्दलाई पुग्ने गरी दृष्य दिनु कम्ती चुनौतीपूर्ण विषय होइन । तर सरिश्माले यसमा ‘पासमार्क’ होइन ‘प्रथम श्रेणी’ नै हासिल गरेकी छन् । अझ अचम्मको कुरा त के छ भने घरभित्र गरिएको भिडियाको छायाङ्कनका लागि आवश्यक पर्ने श्रृङ्गार पनि उनी आफैंले गरेकी हुन् । गीतको निर्देशन, क्यामेरा र भिडियो एडिटिङको काम उनका पति तथा चर्चित गायक संजीप प्रधानले गरेका हुन् ।

मधुरीमा २ नामक एल्बममा समावेश यो गीतमा संगीत चर्चित संगीकार अनिल शाहीले भरेका छन् भने शब्द रचना रचना जनक दिप पराजुलीको रहेको छ । भोलिका दिनमा अन्य प्रतिभाहरुलाई पनि यसैगरी समयको सदुपयोग गरी आफ्नो कर्मलाई निरन्तरता दिन सरिश्माको यो प्रयास प्रेरणादयी बन्ने निश्चित छ । म्यूजिक भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक...

चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर

२०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित...

काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल

२०७६ पुष १५ गते मंगलबार

–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...

नेपालमा कोरोना : पाँचौ केस पनि विदेशबाटै आएकामा भेटियो, एउटै विमानमा आएका २ जनामा पोजेटिभ केस नेपालमा कोरोना : पाँचौ केस पनि विदेशबाटै आएकामा भेटियो, एउटै विमानमा आएका २ जनामा पोजेटिभ केस

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२० काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना...

Top