Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०
वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले तोकेको स्थानमा बस्न नमानी आइसोलेसन तोडेर भाग्ने प्रयास गरेर उसलाई नियन्त्रणमा गोलीसम्म चलाउनसक्ने गरी आदेश जारी भएको छ । केहीदिनअघि संक्रमित व्यक्ति आइसोलेसनबाटै भागेपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमितलाई नियन्त्रणमा लिनका लागि गोलीसमेत चलाउनसक्ने गरी आदेश जारी भएको बताइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिको आजको बैठकले एकजना संक्रमितले हेलचेक्र्याई गर्दा हजारौंमा संक्रमण फैलनसक्ने भन्दै यसमा विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ । केहीगरी सुरक्षाकर्मी वा स्वस्थ्यकर्मीलाई नटेरेर आइसोलेनमा रहेका संक्रमितले भाग्ने कोशिष गरेर उनीहरुलाई बल प्रयोग गर्ने र त्यो पनि सम्भव नभए गोली हानेर भएपनि नियन्त्रणमा लिनसक्ने गरी प्रहरीलाई अधिकार प्रदान गरिएको समितिको भनाई छ ।
समितिको आजको बैठकले ३ नम्बर बुँदामा गरेको निर्णयमा ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’ उल्लेख छ ।
पर्सामा आगमी जेठ ५ गतेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको भएपनि २ दिनअघि नारायणी अञ्चल अस्पतालको आइसोलेसनबाट २ जना फरार भएका थिए । पर्सामा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले बैशाख ३१ गतेदेखि ६ दिनका लागि जिल्लाभर कफ्र्यु आदेश जारी गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...
पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर)
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक...
समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल !
२०७७ भाद्र २७ गते शनिबार
१२ सेप्टेम्बर, २०२०फलेबास, पर्वत । पवर्तको कुस्मामा क्वारेन्टाइन बाहिर...
दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)
२०७८ आश्विन २६ गते मंगलबार
१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...
Top