Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०
भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण भएर चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा उपचाररत ६३ वर्षकी महिला कोरोना मुक्त भएकी छन् । चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरकी ती बृद्दमा लगातार गरिएको परिक्षणका क्रममा कोरोना संक्रमण नेगेटिभ आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरिदिएको छ । डिस्चार्ज भएसँगै उनी आजै घर फर्केकी छिन् ।
यसअघि उनका छोरा पनि कोरोना संक्रमणमा परी सोही अस्पतालमा उपचाररत थिए । तर उनले भने १४ दिन अघि नै कोरोनालाई जितेर घर फर्केका थिए । उनीहरु केही समयअघि लण्डनबाट काठमाडौं हुँदै चितवन पुगेका थिए । गत चैत्रको पहिलो साता नेपाल आएका उनीहरुमा चैत्रको तेश्रो साता कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै अब चितवनमा कोरोना संक्रममितको संख्या सुन्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यद्यपि कोरोनाको उपचारका लागि आफूहरुले सबैखाले विकल्प खुल्ला राखेको भन्दै जिप्रकाले आवश्यक पूर्व तयारी तथा सावधानी अपनाइरहेको बताएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै...
झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब...
पशुपतिमा दाउराबाट शव जलाउने नयाँ शवगृह सञ्चालनमा
२०७७ मंशिर १८ गते बिहिबार
०३ डिसेम्बर, २०२०काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट...
पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
२०७७ असार ११ गते बिहिबार
२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका...
Top