चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज

Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार


१३ मे, २०२०
भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण भएर चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा उपचाररत ६३ वर्षकी महिला कोरोना मुक्त भएकी छन् । चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरकी ती बृद्दमा लगातार गरिएको परिक्षणका क्रममा कोरोना संक्रमण नेगेटिभ आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरिदिएको छ । डिस्चार्ज भएसँगै उनी आजै घर फर्केकी छिन् ।

यसअघि उनका छोरा पनि कोरोना संक्रमणमा परी सोही अस्पतालमा उपचाररत थिए । तर उनले भने १४ दिन अघि नै कोरोनालाई जितेर घर फर्केका थिए । उनीहरु केही समयअघि लण्डनबाट काठमाडौं हुँदै चितवन पुगेका थिए । गत चैत्रको पहिलो साता नेपाल आएका उनीहरुमा चैत्रको तेश्रो साता कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै अब चितवनमा कोरोना संक्रममितको संख्या सुन्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यद्यपि कोरोनाको उपचारका लागि आफूहरुले सबैखाले विकल्प खुल्ला राखेको भन्दै जिप्रकाले आवश्यक पूर्व तयारी तथा सावधानी अपनाइरहेको बताएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...

‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे ‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे

२०७५ चैत्र ८ गते शुक्रबार

२२ मार्च, २०१९ काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी...

बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना  पोजिटिभ बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना पोजिटिभ

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०सल्माबाद । बराईनमा कामको शिलशिलामा पुगेका थप...

कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०कञ्चनपुर । कोरोना संक्रमित भै अस्पतालमा उपचाररत...

Top