भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार


१२ मे, २०२०
नयाँदिल्ली । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसले प्रकोपको रुप लिएसँग्ै दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । मंगलबारमात्रै कोरोनाका कारण भारतमा १ सय २१ जनाको ज्यान गएको छ । यस्तै देशभर मंगलबार ३ हजार ४ सय ७५ जनाँ नयाँ संक्रमित फेला परेका छन् ।

हालसम्म भारतमा कोरोनाका कारण २ हजार ४ सय १५ जनाले ज्यान गुमाईसकेका छन् । भारतमा हालसम्म कोरोना भाइरसबाट ७४ हजार २ सय ४३ जना संक्रमित भै सकेका छन् । जुन विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुने मुलुकहरुको १२ नम्बरको सूची हो । भारत भन्दा माथि चीन, इरान, टर्की, जर्मनी, ब्राजिल, फ्रान्स, इटली, बेलायत, रसिया, स्पेन र अमेरिका रहेका छन् । करिब २ महिनादेखि भारतका विभिन्न स्थानमा सरकारले कोरोना भाइरसको प्रकोप फैलन नदिन लकडाउनको घोषणा गरेपनि संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

भारतको राजधानी नयाँदिल्ली, महाराष्ट्र, मध्यप्रदेशलगायतका स्थानमा कोरोनाको संक्रमण बढी देखिएको छ । संक्रमित मध्ये २४ हजार २ सय २० जनाको सफल उपचार समेत भएको छ । भारतमा कोरोना बढ्दै जाँदा यसको असर छिमेकी देश नेपालको सिमावर्ती भारतीय क्षेत्रका गाउँहरुमा समेत देखिन थालेको छ । आजमात्रै नेपालको तराईका जिल्लाहरुमा ८० जना नयाँ विरामी देखा परेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा ७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा

२०७५ चैत्र १२ गते मंगलबार

२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...

ज्ञान लिएर जाने होइन, छोडेर जाने हो ज्ञान लिएर जाने होइन, छोडेर जाने हो

२०७७ मंशिर २७ गते शनिबार

– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...

२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए २४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका...

Top