काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार


१२ मे, २०२०
काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैदेखि कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम जारी छ । यही क्रममा नेपाल सरकारले राति सवा १० बजे जारी गरेको तथ्यांक अनुसार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका २६ जनामध्ये पर्सा, धनुषा, भक्तपुर, काठमाडौं र सर्लाही जिल्लाका संक्रमितहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो पटक थप भएका २६ जना संक्रमितहरु यस प्रकार रहेका छन्

१) काठमाडौंकी ३३ वर्षकी महिला
२) भक्तपुरकी २५ वर्षकी महिला, २७ वर्षका पुरुष
३) सर्लाहीका ४५ वर्षका पुरुष
४) महोत्तरीमा १६ र ३५ वर्षका दुई पुरुष
५) पर्सामा २२ देखि ६० वर्ष उमेर समूहका ६ जना महिला साथै १६ देखि ६१ वर्ष उमेर समूहका १२ जना पुरुष

संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुको सम्बन्धित जिल्लाको कोरोना आइसोलेसनमा राखेर उपचार थालिएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । यसअघि आजै बिहान ५७ जना नयाँ विरामी थपिएका थिए ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुका कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म ३३ जना उपचारपछि घर फर्केका छन् । ती मध्ये ३ जनामा पुनः कोरोना संक्रमण देखिएपछि उनीहरुलाई फेरि अस्पतालमा राखेर उपचार थालिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित) चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१८ काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको...

रहेनन् विश्वकै होचा व्यक्तिको रुपमा गिनिजबुकमा नाम लेखाउने खगेन्द्र रहेनन् विश्वकै होचा व्यक्तिको रुपमा गिनिजबुकमा नाम लेखाउने खगेन्द्र

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० पोखरा । विश्वकै होचा व्यक्तिको रुपमा...

कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो

२०७६ फाल्गुन २९ गते बिहिबार

१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...

मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको...

Top