Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०
काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैदेखि कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम जारी छ । यही क्रममा नेपाल सरकारले राति सवा १० बजे जारी गरेको तथ्यांक अनुसार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका २६ जनामध्ये पर्सा, धनुषा, भक्तपुर, काठमाडौं र सर्लाही जिल्लाका संक्रमितहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो पटक थप भएका २६ जना संक्रमितहरु यस प्रकार रहेका छन्
१) काठमाडौंकी ३३ वर्षकी महिला
२) भक्तपुरकी २५ वर्षकी महिला, २७ वर्षका पुरुष
३) सर्लाहीका ४५ वर्षका पुरुष
४) महोत्तरीमा १६ र ३५ वर्षका दुई पुरुष
५) पर्सामा २२ देखि ६० वर्ष उमेर समूहका ६ जना महिला साथै १६ देखि ६१ वर्ष उमेर समूहका १२ जना पुरुष

संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुको सम्बन्धित जिल्लाको कोरोना आइसोलेसनमा राखेर उपचार थालिएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । यसअघि आजै बिहान ५७ जना नयाँ विरामी थपिएका थिए ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुका कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म ३३ जना उपचारपछि घर फर्केका छन् । ती मध्ये ३ जनामा पुनः कोरोना संक्रमण देखिएपछि उनीहरुलाई फेरि अस्पतालमा राखेर उपचार थालिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२०७७ बैशाख ३ सम्म ‘लकडाउन’
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक...
दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक...
ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे
२०७७ भाद्र २ गते मंगलबार
१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...
अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९)...
Top