Best Khabar Team | २०७७ भाद्र २ गते मंगलबार
१८ अगस्ट, २०२०
काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ । विगत केही महिनादेखि अस्वस्थ्य भएर घरमै अक्सिजनको सहारा लिएर आराम गरिरहेका घिमिरेको १ सय २ वर्षको उमेरमा आज साँझ करिब ६ बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको काठमाडौंको लाजिम्पाटस्थित आफ्नै निवासमा निधन भएको हो ।

घिमिरे विक्रम् सम्वत् १९७६ साल असोजमा लमजुङ् जिल्लाको तत्कालीन पुस्तन भन्ने स्थानमा जन्मिएका थिए । नेपाली साहित्यमा घिमिरेका दर्जनौ कविता, कथा, निबन्धहरु रहेका छन् । यस्तै घिमिरेका केही महाकाब्य प्रकाशित भएका छन् भने केही प्रकाशनको क्रममा रहेका छन् । सरकारले घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।
घिमिरेका ‘गौरी’ शोककाव्य, ‘राष्ट्र निर्माता’ खण्डकाव्य, ‘मालती–मङ्गले’ गीतिनाटकलगायत प्रसिद्ध कृति हुन् । उनले भारतको वनारसबाट दर्शनमा शास्त्रीसम्मको अध्ययन गरेका थिए भने जीवनको केही समय शिक्षण तथा प्राध्यापन पेशामा पनि संलग्न रहेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘गैरकानुनी क्रियाकलापमा संलग्न भएको आशंकामा काठमाडौंबाट दर्जनौं चिनियाँ नागरिक पक्राउ
२०७६ पुष ७ गते सोमबार
२३ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्लो समयमा नेपालमा चिनियाँ...
किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि
२०७७ मंशिर २० गते शनिबार
०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको...
उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुख केहीबेरमा नेपाल आउँदै
२०७६ आश्विन २५ गते शनिबार
१२ अक्टोबर, २०१९ काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक...
Top