कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु

Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार


११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना कोरोनाको संक्रमणका परेका २४ जना विरामी फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तराईका जिल्लाहरु रुपन्देही, कपिलबस्तु बर्दिया र सप्तरीमा गरी थप २४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि कपिलबस्तुका १० सप्तरीका १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको सरकारले साँझ बर्दिया, रुपन्देही र कपिलबस्तुका गरी थप १३ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणका क्रममा आज मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती मध्ये १३ जना आज साँझ मात्रै पोजेटिभ रिपोर्ट आएका नयाँ विरामी हुन् । मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार कपिलवस्तुको बुद्दभूमि नगरपालिका र यशोधरा गाउँपालिकाका गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १५ देखि ३८ वर्षको उमरेका पुरुषहरु रहेका छन् ।

यस्तै, रुपन्देहीको समरीमाई र लुम्बिनी सांस्कृतिक गाउँपालिकाका ६ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यता बर्दियाको राजपुरकी १ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको र चिकित्सकहरुको निगरानी रहेको बताइएको छ । हालसम्म ३३ जना उपरचारपछि घर फर्केका छन् ।

तर घर फर्केकामध्ये काठमाडौंका १ र वीरगञ्जका २ जनामा पुनः कोरोना संक्रमण देखिएपछि उनीहरुलाई फेरि अस्पतालमा राखेर उपचार थालिएको छ । उनीहरुको पनि अवस्था सामान्य रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए

२०७६ फाल्गुन २७ गते मंगलबार

१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका...

फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित) फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...

विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र...

चरित्र अभिनेता ठकुरीको निधन चरित्र अभिनेता ठकुरीको निधन

२०७७ जेठ १८ गते आइतबार

३१ मे, २०२०काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरी आज...

Top