सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित

Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार


११ मे, २०२०
सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । आज मात्रै कलिपबस्तुमा १० जना कोरोना संक्रमित फेला परेको केही घण्टा वित्न नपाउँदै तराईकै अकर्को जिल्ला सप्तरीमा पनि आज पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ती युवकलाई हाल जिल्ला अस्पतालको आइसोलेसन केन्द्रमा राखेर उपचार थालिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणका क्रममा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती युवकको सम्पर्कमा रहेकाहरुको बारेमा जानकारी लिने काम शुरुभएको बताइएको छ । संक्रमित युवकको अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

सप्तरीमा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो । यसअघि तराईका जिल्लाहरु पर्सा, बाँके, रुपन्देही, कपिलबस्तु साथै उदयपुरलगायतका जिल्लामा कोरोना संक्रमित फेला परिसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३काठमाडौं । पोखरामा आज बिहान भएको विमान...

गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी

२०७६ कार्तिक १ गते शुक्रबार

१८ अक्टोबर २०१९ काठमाडौं । गैर आवासीय नेपाली संघ...

‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष ‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा...

पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा  गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय...

Top