Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले अहिले देशव्यापी रुपमा लकडाउन जारी राखेको छ । गत चैत्र ५ गतेदेखि शुरु भएको लकडाउन आगामी जेठ ५ गतेसम्मका लागि निर्धारित गरिएको छ । तर त्यसपछि पनि तत्काल विद्यालय खुल्ने अवस्था देखिँदैन । २ महिनासम्म विद्यालय बन्द हुँदा लाखौं विद्यार्थीहरुको पठनपाठन अवरुद्ध बनेको छ । कतिपय अभिभावक विद्यालय सञ्चालन नभएर आफ्ना नानीबाबुहरुलाई घरमै राख्नुपर्दा तनावमा समेत देखिने गरेका छन् ।

अहिले सरकारले सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनबाटै प्रभावकारी अध्ययन तथा सिकाई सामग्री उपलब्ध गराएको छ । तपाईँहरु धेरैलाई थाहा नहुनसक्छ । तर इन्टरनेटको पहुँच भएकाहरुलाई लागि सरकारले शुरु गरेको यो अनलाईन सिकाई सामग्री अत्यन्तै प्रभावकारी हुने देखिएको छ । विशेष गरी पूर्वप्राथमिक तहका विद्यार्थीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरी सार्वजनिक गरिएको सिकाई चौतारी नामक अनलाईन शिक्षण सामग्री निक्कै राम्रो र प्रभावकारी हुने शिक्षाविद्हरुको भनाई छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अनलाईनमा सार्वजनिक गरेको यो सिकाई प्रविधिलाई दैनिक रुपमा उपयोग गरी विद्यार्थीहरुले ज्ञानको दायरा फराकिलो पार्न सक्नेछन् । यसमा विद्यार्थीहरुलाई रमाईलोसँग पढ्नका लागि विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री समेत राखिएको छ । जसले गर्दा बालबालिकालाई शिक्षण प्रति थप आकर्षण थपिनेछ ।

सबै विषयहरुको अँग्रेजी र नेपाली भाषामा समेत निर्देशन दिइएको छ । पूर्व प्राथमिक तहका बालबालिकाको लागि उपयोगी हुने कथा तथा सिकाई विधिहरुपनि यसमा राखिएको छ । नेपाल सरकारको यो अनुकरणीय प्रयासलाई उच्च मूल्यांकन गर्दै तपाईँ हामीले हाम्रा बालबालिकालाई सिकाउन सकिए विद्यालय बन्द भएको समयमा पनि उनीहरुको सिकाई निरन्तर जारी रहनेछ । सरकारले शुरु गरेको नयाँ सिकाई विधिको लिंक तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक
२०७७ श्रावण २४ गते शनिबार
०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले...
इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०रोम । इटलीमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणका...
चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)
२०७७ जेठ २८ गते बुधबार
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...
चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा...
Top