उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो

Best Khabar Team | २०७७ असार २८ गते आइतबार


१२ जुलाई, २०२०
काठमाडौं । काठमाडौंमा एकजना स्वास्थ्यकर्मीमार्फत् उनको घरका ९ जनासहित कुल ११ जनामा कोरोना संक्रमण फैलिएको छ । काठमाडौंको बल्खुमा रहेको बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा कोरोना संक्रमण भएको र उनसँगै उनका घरका ९ जनामा पनि संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

केही दिन अघि उनमा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको थियो । तर पछि घरका अन्य ९ जना सदस्यको नमुना परीक्षणका क्रममा पोटेजिभ रिपोर्ट आएको थियो । ती स्वास्थ्यकर्मी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा बस्दै आएका थिए । उनी बस्ने वडाका वडा अध्यक्षका दुईजना छोराहरुलाई पनि कोरोना संक्रमण भएको र उनीहरु पनि चिकित्सक भएको बताइएको छ ।

ती ल्याब टेक्निसियनकै कारण ११ जनामै कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि अहिले महालक्ष्मी नगरपालिकाको वडा नम्बर ७, ८ र ९ सिल गरिएको छ । संक्रमित सबैलाई चिकित्सकको निगरानीमा आइसोलेसनमा राखेर उपचार थालिएको छ । यस्तै उनको सम्पर्कमा आएकाहरुको बारेमा जानकारी लिने काम भै रहेको बताइएको छ ।

अस्पतालमा कार्यरत ती ल्याब टेक्निसियनलाई ल्याबमै काम गर्दाका बेला कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ १४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ

२०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब...

पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट) पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)

२०८० कार्तिक ५ गते आइतबार

२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...

नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व

२०८२ भाद्र २८ गते शनिबार

नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...

कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु

२०७७ असार १४ गते आइतबार

२८ जुन, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...

Top