Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले लकडाउन घोषणा गरेको करिब ३ महिना पुग्न लागिसकेको छ । लकडाउनका कारण सबैखाले पेशा, व्यवसाय तथा विभिन्न क्षेत्रमा कार्यरत सबैलाई नराम्ररी प्रभावित तुल्याएको छ । आम नागरिकदेखि ठूलाठूला पदमा बसेर काम गर्नेहरुपनि लकडाउनको चपेटामा परेका छन् । यसको चेपटाबाट कलाकार, पत्रकार एवं गीत तथा संगीत क्षेत्रमा लागेकाहरु अछुतौ छैनन् ।

अधिकांशले सरकारको निर्देशनलाई पालन गरेर घरभित्रै बस्नुपरेको पीडा पोखिरहेका बेला नेपालको चर्चित ब्याण्ड नेपथ्यका चर्चित गायक अमृत गुरुङ् भने आफ्नै घरगाउँमा कृषि कर्ममा व्यस्त देखिन्छन् । जारी लकडाउनका कारण कतिपयले आफ्नै घरको चौघेरोभित्र गुम्सिएर दिनहरु विताइरहेका बेला गायक अमृत गुरुङ्ग भने आफ्नो गृह कास्कीको गाउँमा रहेको गोठमा बसेर कृषि कर्ममा तल्लिन भएका देखिन्छन् । विगत लामो समयदेखि उनले आफू आफ्नै घर खेतमा कृषि कर्ममा लागेको पुष्टि हुने विभिन्न तस्वीरहरु सार्वजनिक गर्दै आइरहेका छन् ।

यही क्रममा बुधबार उनले खेत रोप्ने भूमिका निर्वाह गरेका केही तस्वीरहरु सार्वजनिक गरेका छन् । त्यसो त गायक गुरुङ्ग राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा जति चर्चित छन्, त्यति नै उनको जीवनशैली अत्यन्तै सरल छ । ‘सादा जिवन, उच्च विचार’ का हिमायती गायक गुरुङ्ग अहिले पूर्णरुपमा कास्की र स्याङ्जाको सिमामा रहेको उनको घरगोठ आपसासमा छन् र कृषिकार्य गरेर नै दिनहरु विताइरहेका छन् ।
चिया र विस्कुट खाँदै खेत रोप्ने काममा उनले खेलेको भूमिकाप्रति हजारौंले तारिफ गरेका छन् । उनै गायक गुरुङ्गले सामाजिक सञ्जालमा प्रस्तुत गरेका केही कृषिकर्मका फोटोहरु यहाँ प्रस्तुत गरिएको छ । हामीले यी फोटोहरु उनको ट्वीटरबाट साभार गरेका हौं ।




स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आस्था राउत एयरपोर्ट काण्ड : कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेपछिको लफडा (भिडियोसहित)
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । गायिका आस्था राउतले आफूलाई काठमाडौंको...
नेपाल भ्रमण २०२० : जनवरी १ मा काठमाडौंमा विशेष कार्यक्रम, १० लाख सहभागी हुँदै
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई...
पर्वतको फलेबास र महाशिलाका ५ जनामा कोरोना पुष्टि
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०कुस्मा । पर्वत जिल्लामा मंगलबार ५ जनामा...
कोरोना संक्रमितलाई अन्यत्र रिफर नगर्न र कम्तीमा २० प्रतिशत बेड संक्रमितको लागि छुट्ट्याउन निजी अस्पतालहरुलाई सरकारको निर्देशन
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०काठमाडौं । सरकारले आफ्ना अस्पतालहरुमा उपचारका क्रममा...
Top