चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)

Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार


कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले लकडाउन घोषणा गरेको करिब ३ महिना पुग्न लागिसकेको छ । लकडाउनका कारण सबैखाले पेशा, व्यवसाय तथा विभिन्न क्षेत्रमा कार्यरत सबैलाई नराम्ररी प्रभावित तुल्याएको छ । आम नागरिकदेखि ठूलाठूला पदमा बसेर काम गर्नेहरुपनि लकडाउनको चपेटामा परेका छन् । यसको चेपटाबाट कलाकार, पत्रकार एवं गीत तथा संगीत क्षेत्रमा लागेकाहरु अछुतौ छैनन् ।

अधिकांशले सरकारको निर्देशनलाई पालन गरेर घरभित्रै बस्नुपरेको पीडा पोखिरहेका बेला नेपालको चर्चित ब्याण्ड नेपथ्यका चर्चित गायक अमृत गुरुङ् भने आफ्नै घरगाउँमा कृषि कर्ममा व्यस्त देखिन्छन् । जारी लकडाउनका कारण कतिपयले आफ्नै घरको चौघेरोभित्र गुम्सिएर दिनहरु विताइरहेका बेला गायक अमृत गुरुङ्ग भने आफ्नो गृह कास्कीको गाउँमा रहेको गोठमा बसेर कृषि कर्ममा तल्लिन भएका देखिन्छन् । विगत लामो समयदेखि उनले आफू आफ्नै घर खेतमा कृषि कर्ममा लागेको पुष्टि हुने विभिन्न तस्वीरहरु सार्वजनिक गर्दै आइरहेका छन् ।

यही क्रममा बुधबार उनले खेत रोप्ने भूमिका निर्वाह गरेका केही तस्वीरहरु सार्वजनिक गरेका छन् । त्यसो त गायक गुरुङ्ग राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा जति चर्चित छन्, त्यति नै उनको जीवनशैली अत्यन्तै सरल छ । ‘सादा जिवन, उच्च विचार’ का हिमायती गायक गुरुङ्ग अहिले पूर्णरुपमा कास्की र स्याङ्जाको सिमामा रहेको उनको घरगोठ आपसासमा छन् र कृषिकार्य गरेर नै दिनहरु विताइरहेका छन् ।

चिया र विस्कुट खाँदै खेत रोप्ने काममा उनले खेलेको भूमिकाप्रति हजारौंले तारिफ गरेका छन् । उनै गायक गुरुङ्गले सामाजिक सञ्जालमा प्रस्तुत गरेका केही कृषिकर्मका फोटोहरु यहाँ प्रस्तुत गरिएको छ । हामीले यी फोटोहरु उनको ट्वीटरबाट साभार गरेका हौं ।

सबै तस्वीरहरु साभार : गायक गुरुङ्को ट्वीटरबाट


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’ कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’

२०७७ बैशाख ३१ गते बुधबार

कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष...

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित) गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...

सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१रंगुन, म्यानमार । म्यानमारमा गएको फेब्रुअरीदेखि जारी...

एकैदिन झण्डै साढे ४ सय जना नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५ हजार नाघ्यो एकैदिन झण्डै साढे ४ सय जना नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५ हजार नाघ्यो

२०७७ जेठ ३० गते शुक्रबार

१२ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप...

Top