Best Khabar Team | २०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०
काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी ढंगले तिब्बतको पवित्रस्थल मानसरोबर जाने सडक बनाएको विरोधमा पत्रकार सम्मेलन भै रहँदा काठमाडौंबाट नेपाली सेनाका पूर्व जर्नेल र नेपाल प्रहरीका पूर्व एआइजी पक्राउ परेका छन् । काठमाडौंको धुम्बाराहीस्थित शंकपार्कमा आज साँझ पत्रकार सम्मेलन गरी घटनाको विरोध जनाउन लागेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र नेपाल प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लकडाउन उल्लंघन गरी शंखपार्कमा भेला भएर भारतको विरोध गरेको भन्दै प्रहरीले बस्नेत र श्रेष्ठलाई शंखपार्कबाट समातेको हो । उनीहरुलाई नेकपाको कार्यालय धुम्बाराही अगाडिको शंखपार्कबाट पक्रेर गाडीमा राखेर महाराजगञ्ज प्रहरीमा ल्याएको छ । हाल बस्न्यात र श्रेष्ठ दुबैजना महाराजगञ्ज प्रहरीको नियन्त्रणमा रहेका छन् ।
पक्राउ परेकाहरुले आफूहरुलाई प्रहरीले भारतको विरोध किन गरेको भन्दै समातेको प्रतिक्रिया दिएका छन् । भारतले हिजोदेखि नेपालको कालापानी क्षेत्रमा रहेको दार्चुलाको लिपुलेक क्षेत्र हुँदै तिब्बतको कैलाश मानसरोबर जानका लागि नयाँ बाटो खोलेसँगै यसको विरोध शुरु भएको हो । नेपाललाई जानकारी नै नगरी नेपाली भूमि हुँदै भारतले सिमा मिचेर सो सडक सञ्चालनमा ल्याएको विरोधमा काठमाडौंमा लकडाउनकै बीच पनि प्रदर्शन शुरु भएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना
२०७६ मंशिर २३ गते सोमबार
गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...
कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’
२०७७ बैशाख ३१ गते बुधबार
कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष...
काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने...
धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२० धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत...
Top