सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी पत्रकार सम्मेलनबाटै समातिए

Best Khabar Team | २०७७ बैशाख २७ गते शनिबार


०९ मे, २०२०
काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी ढंगले तिब्बतको पवित्रस्थल मानसरोबर जाने सडक बनाएको विरोधमा पत्रकार सम्मेलन भै रहँदा काठमाडौंबाट नेपाली सेनाका पूर्व जर्नेल र नेपाल प्रहरीका पूर्व एआइजी पक्राउ परेका छन् । काठमाडौंको धुम्बाराहीस्थित शंकपार्कमा आज साँझ पत्रकार सम्मेलन गरी घटनाको विरोध जनाउन लागेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र नेपाल प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउन उल्लंघन गरी शंखपार्कमा भेला भएर भारतको विरोध गरेको भन्दै प्रहरीले बस्नेत र श्रेष्ठलाई शंखपार्कबाट समातेको हो । उनीहरुलाई नेकपाको कार्यालय धुम्बाराही अगाडिको शंखपार्कबाट पक्रेर गाडीमा राखेर महाराजगञ्ज प्रहरीमा ल्याएको छ । हाल बस्न्यात र श्रेष्ठ दुबैजना महाराजगञ्ज प्रहरीको नियन्त्रणमा रहेका छन् ।

पक्राउ परेकाहरुले आफूहरुलाई प्रहरीले भारतको विरोध किन गरेको भन्दै समातेको प्रतिक्रिया दिएका छन् । भारतले हिजोदेखि नेपालको कालापानी क्षेत्रमा रहेको दार्चुलाको लिपुलेक क्षेत्र हुँदै तिब्बतको कैलाश मानसरोबर जानका लागि नयाँ बाटो खोलेसँगै यसको विरोध शुरु भएको हो । नेपाललाई जानकारी नै नगरी नेपाली भूमि हुँदै भारतले सिमा मिचेर सो सडक सञ्चालनमा ल्याएको विरोधमा काठमाडौंमा लकडाउनकै बीच पनि प्रदर्शन शुरु भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने १० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने

२०७७ माघ ३ गते शनिबार

१७ जनवरी, २०२१काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु

२०७९ फाल्गुन ३ गते बुधबार

१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध...

अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी...

२० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु २० लाख पर्यटकको महत्वकांक्षी योजना र चुनौतीहरु

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ काठमाडौं । सरकारले घोषणा गरेको नेपाल...

Top