देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल

Best Khabar Team | २०७७ बैशाख २७ गते शनिबार


०९ मे, २०२०
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको विज्ञप्ति अनुसार देशभरबाट थप ३ महिला र ४ पुरुष गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उदयपुरको भुल्केकी १८, ४५ र ६५ वर्षकी ३ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

विराटनगरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलबस्तुका १७, १८ र १८ बर्षका ३ जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पर्साको छपकैयामा ६२ वर्षका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार उनीहरु सबैको अवस्था सामान्य रहेको छ । मन्त्रालयका अनुसार देशभर अहिले कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । ती मध्ये २७ जनाको उपचार सफल भै घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट आक्रान्त बन्दै अमेरिका, संक्रमितको संख्या ३७७ पुग्यो, न्यूर्योकमा आपतकालको घोषणा कोरोनाबाट आक्रान्त बन्दै अमेरिका, संक्रमितको संख्या ३७७ पुग्यो, न्यूर्योकमा आपतकालको घोषणा

२०७६ फाल्गुन २४ गते शनिबार

०७ मार्च, २०२० न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना...

३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा ३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना...

११ वर्षपछि गायक घमेश दुलाल फेरि गायन क्षेत्रमा फर्किए (भिडियोसहित) ११ वर्षपछि गायक घमेश दुलाल फेरि गायन क्षेत्रमा फर्किए (भिडियोसहित)

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । कुनैबेला नेपाली सांगीतिक आकाशमा घमेश...

‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ ‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम...

Top