Best Khabar Team | २०७६ मंशिर २४ गते मंगलबार
११ डिसेम्बर, २०१९
हेलसिकी । पृथ्वीको उत्तरी गोलार्धमा रहेको युरोपेली मुलुक फिनल्याण्डले ३४ वर्षकी एक महिलालाई प्रधानमन्त्रीको रुपमा पाएको छ । हिजो सम्पन्न मन्त्रीपरिषद्को बैठकले सान्ना मारिनलाई प्रधानमन्त्रीको रुपमा चयन गरेको हो ।
उनी फिनल्याण्डको समाजवादी लोकतान्त्रिक पार्टीबाट प्रधानमन्त्रीमा चुनिएको हो । एक साता अघि तत्कालीन प्रधानमन्त्री एण्टी रिन्नेले राजीनामा दिएलगत्तै फिनल्याण्डमा प्रधानमन्त्री पद रिक्त रहेको थियो । विपक्षी दलहरुले रिन्नेलाई राजीनामा दिन संसदमा दबाब दिएसँगै उनले संसद्बाट राजीनामा दिएका थिए ।

यद्यपि विपपक्षीको विरोधका बावजुत पनि चुनावी प्रक्रियामा रिन्ने र मारिन प्रतिस्पर्धीका रुपमा रहेका थिए । चुनावी परिणाम अनुसार रिन्नेले २९ मत प्राप्त गरेका थिए भने सान्ना मारियाले ३२ मत प्राप्त गरेर प्रधानमन्त्रीमा विजयी भएकी हुन् ।
यसअघि फिनल्याण्डमा ३६ वर्षका प्रधानमन्त्री थिए । त्यो रेकर्ड समेत सान्नाले तोडेकी छन् । युरोपमा निक्कै संबृद्ध मुलुकको रुपमा रहेको फिनल्याण्डले युवा प्रधानमन्त्री पाएसँगै आर्थिक विकास तथा विकास निर्माणका काममा थप तिव्रता पाउने अपेक्षा फिनल्याण्डी जनताले गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...
चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण...
बेलायतबाट नेपाल फर्कन चाहनेको संख्या ३९१ पुग्यो : जागीर गुमाएकादेखि विद्यार्थी भिषामा आएकाहरुसमेत फर्कनेको सूचीमा (सूचीसहित)
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०वेस्टह्याम, बेलायत । कोरोना भाइरस (कोभिड १९)...
काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...
Top