गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो

Best Khabar Team | २०७७ श्रावण १० गते शनिबार


२५ जुलाई, २०२०
आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा पहिरोले स्थानीय एक खहरे खोला नै थुनेको छ । गोर्खाको धार्चे गाउँपालिकाको लापुडाँडाको चिंगार डाँडो नै पहिरोले बगाउँदा स्थानीय नौली खोला नै थुनिएको छ । धार्चे गाउँपालिका–७ लापुडाँडामा गएराति माथिबाट पहिरो खसेको हो । ठूलो पहिरो गएपछि निरन्तर रुपमा अहिले पनि साना ठूलो पहिरो झरिरहेका कारण लापुबेसी आसपासका बस्तीहरु जोखिममा परेका छन् ।

खोला थुनिएका कारण नौली खोलाको सो खण्डमा व्यापक मात्रामा पानी जमेको छ । पानीको बहावले पहिरो खोलेको अवस्थामा भने जोखिम निक्कै बढ्ने स्थानीय वासिन्दाले बताएका छन् । स्थानीय वडाले अहिले खोला क्षेत्रका स्थानीय वासिन्दालाई त्यहाँबाट अन्यत्र सारेको छ । पहिरो हटाउन स्थानीय वासिन्दा, सेना र प्रहरीको टोली परिचालन गरिएको भएपनि पहिरो हटाउने काम शुरु हुन सकेको छैन ।

निरन्तर पानी परिरहेका कारण र माथिबाट पहिरो खसिरहेको कारण घटनास्थलमा मानिसहरु पुग्न समेत कठिनाई भै रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एमसीसी परियोजना नेपालको हित विपरित छैन : अमेरिकी दूतावास एमसीसी परियोजना नेपालको हित विपरित छैन : अमेरिकी दूतावास

२०७६ माघ ३ गते शुक्रबार

१७ डिसेम्बर, २०२०काठमाडौं । अमेरिकाले नेपाललाई उपलव्ध गराउन लागेको...

सडक महोत्सवको निम्तो बाँड्न पोखराबाट सौरहासम्म सडक महोत्सवको निम्तो बाँड्न पोखराबाट सौरहासम्म

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन...

कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन

२०७६ फाल्गुन १७ गते शनिबार

२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना...

९  महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै ९ महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

Top