Best Khabar Team | २०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०
जेनेभा । स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारमार्फत नेपाली जनतामा कोरोना परीक्षणका लागि पठाएको पीसीआर टेस्ट कीट आज काठमाडौं पुगेको छ । हिजो जेनेभाबाट स्वास्थ्य सामग्री लिएर उडेको नेपाल बायुसेवा निगमको विमानले आज पु-याएको सो किट लिन स्वास्थमन्त्री भानुभक्त ढकाल नै विमानस्थलमा पुगेका थिए ।

स्वीटजरल्याण्ड सरकारको विकास सहयोग एसडीडीमार्फत हस्तान्तर गरिएको स्वास्थ्य सामाग्रीमा ३० हजार थान पीसीआर टेस्ट किटसहितका अन्य कोरोना परीक्षणसम्बन्धी विभिन्न किसिमका स्वास्थ्य सामाग्रीहरु रहेको बताइएको छ । नेपाल विमानस्थलको वाईड बढी विमानले बोकेर लगेको सो सामग्री काठमाडौंको त्रिभुवन विमानस्थलमा नेपालस्थित स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।
यसअघि पनि स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारलाई पीसीआर सेट, इन्फ्रारेड थर्मोमिटर, एन ९५ माक्सलगायतका स्वास्थ्य सामग्री हस्तारन्तर गरिसकेको छ । भोलिका दिनमा आवश्यक परे अन्य सामग्री समेत हस्तान्तरण गरिने स्वीटजरल्याण्ड सरकारको भनाई रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको...
देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक, निको हुने क्रम पनि बढ्दो
२०७७ मंशिर २८ गते आइतबार
१३ डिसेम्बर, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या साढे...
बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ब्रसेल्स । ‘नेपाली कला संस्कृतिको संरक्षण गरौं,...
बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो
२०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२०लण्डन । पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको...
Top