Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०
साउ पाउलो । कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या ह्वात्तै बढेपछि दक्षिण अमेरिकी मुलुक ब्राजिल विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमित मुलुक बन्न पुगेको छ । यसअघि अमेरिका, रसिया पछि बाज्रिल विश्वकै तेश्रो बढी संक्रमित मुलुक बनेको भएपनि अहिले ब्राजिलले रसियालाई समेत जितेर विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीको दोश्रो नम्बरमा उक्लिएको छ । केहीसाता अघिसम्म अमेरिका स्पेनपछि रसिया अनि ब्राजिल सूचीको पहिलो, दोश्रो, तेश्रो र चौथो स्थानमा थिए ।

तर अहिले अमेरिकापछि विश्वमा सबैभन्दा धेरै संक्रमितको सूचीमा रसिया भन्दा ब्राजिल अग्रस्थानमा रहेको छ । ब्राजिलमा हालसम्म ३ लाख ७६ हजार ६सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने २३ हजार २ सय २२ जनाको कोरोनाकै कारण ज्यान गै सकेको छ । गएको मार्च १७ तारिखमा कोरोनाबाट पहिलो पटक ब्राजिलमा मानिसको ज्यान गएको थियो । मार्चको १८ तारिखमा थप २ जनाको ज्यान गएको ब्राजिलमा त्यसको २ महिना पुग्दा २३ हजार बढीले ज्यान गुमाईसकेका छन् ।
यद्यपि उपचारपछि घर फर्कनेको संख्या भने ब्राजिलमा उल्लेख रहेको छ । हालसम्म १ लाख ५३ हजार ८ सय ३३ को उपचार सफल भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । गएको फेब्रुअरी २५ तारिखका दिन ब्राजिलमा पहिलो पटक कोरोना संक्रमणको केस भेटिएको थियो । फेब्रुअरी २५ मा पहिलो पटक एकजनामा कोरोना संक्रमण देखिएको भएपनि अहिले ३ महिनाको बीचमा संक्रमितको हिसावले ब्राजिल विश्वकै तेश्रो दोश्रो नम्बरमा उक्लिएको हो । ब्राजिलभन्दा अग्रस्थानमा रहेको अमेरिका विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित रहेको देशमा परेको छ ।

अमेरिकामा यो समाचार तयार पार्दासम्म १७ लाख ६ हजार २ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ भने ९९ हजार ८ सय ५ जनाको कोरोनाका कारण ज्यान गै सकेको छ । अमेरिकामा ४ लाख ६४ हजार ६ सय ७० जनाले उपचारपछि घर फर्कने अवसर प्राप्त गरेका छन् । अमेरिकामा अहिलेपनि १७ हजार भन्दा बढी विरामीहरु गम्भीर अवस्थामा उपचार गराईरहेका छन् ।
यस्तै तेश्रो नम्बरमा रहेको रसियामा हालसम्म ३ लाख ६२ हजार ३ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । रसियामा संक्रमितको तुलनामा मृत्युदर भने अत्यन्तै कम रहेको छ । हालसम्म कोरोनाका कारण रसियामा ३ हजार ८ सय ७ जनाले ज्यान गुमाएका छन् । यसमा १ सय ७४ आजमात्रै ज्यान गुमाउनेको तथ्यांक रहेको छ ।
विश्वका २ सय ५ वटा मुलुक र साना राज्यहरुमा हालसम्म कोरोना संक्रमण देखिएको कोरोनासम्बन्धी विश्वव्यापी तथ्यांक सार्वजनिक गर्ने ओल्र्डोमिटर डटकमले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...
राँके जुलुस निकाल्ने तयारी गर्दैगर्दा विप्लव समूहका ५ जना काठमाडौंमा पक्राउ
२०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९ काठमाडौं । आज साँझ राजधानीका विभिन्न...
ब्राजिल बन्यो कोरोनाको पछिल्लो इपिसेन्टर : विश्वकै तेश्रो बढी संक्रमित ब्राजिलमा २० हजार बढीको मृत्यु
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक...
२०७८ बैशाखमा मध्यावधि चुनावको घोषणा : प्रतिनिधि सभा भंग
२०७७ पुष ५ गते आइतबार
२० डिसेम्बर, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाखमा...
Top