संक्रमित थपिँदै जाँदा ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश

Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार


२६ मे, २०२०
साउ पाउलो । कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या ह्वात्तै बढेपछि दक्षिण अमेरिकी मुलुक ब्राजिल विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमित मुलुक बन्न पुगेको छ । यसअघि अमेरिका, रसिया पछि बाज्रिल विश्वकै तेश्रो बढी संक्रमित मुलुक बनेको भएपनि अहिले ब्राजिलले रसियालाई समेत जितेर विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीको दोश्रो नम्बरमा उक्लिएको छ । केहीसाता अघिसम्म अमेरिका स्पेनपछि रसिया अनि ब्राजिल सूचीको पहिलो, दोश्रो, तेश्रो र चौथो स्थानमा थिए ।

तर अहिले अमेरिकापछि विश्वमा सबैभन्दा धेरै संक्रमितको सूचीमा रसिया भन्दा ब्राजिल अग्रस्थानमा रहेको छ । ब्राजिलमा हालसम्म ३ लाख ७६ हजार ६सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने २३ हजार २ सय २२ जनाको कोरोनाकै कारण ज्यान गै सकेको छ । गएको मार्च १७ तारिखमा कोरोनाबाट पहिलो पटक ब्राजिलमा मानिसको ज्यान गएको थियो । मार्चको १८ तारिखमा थप २ जनाको ज्यान गएको ब्राजिलमा त्यसको २ महिना पुग्दा २३ हजार बढीले ज्यान गुमाईसकेका छन् ।

यद्यपि उपचारपछि घर फर्कनेको संख्या भने ब्राजिलमा उल्लेख रहेको छ । हालसम्म १ लाख ५३ हजार ८ सय ३३ को उपचार सफल भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । गएको फेब्रुअरी २५ तारिखका दिन ब्राजिलमा पहिलो पटक कोरोना संक्रमणको केस भेटिएको थियो । फेब्रुअरी २५ मा पहिलो पटक एकजनामा कोरोना संक्रमण देखिएको भएपनि अहिले ३ महिनाको बीचमा संक्रमितको हिसावले ब्राजिल विश्वकै तेश्रो दोश्रो नम्बरमा उक्लिएको हो । ब्राजिलभन्दा अग्रस्थानमा रहेको अमेरिका विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित रहेको देशमा परेको छ ।

तस्वीरहरु साभार : इन्टरनेट

अमेरिकामा यो समाचार तयार पार्दासम्म १७ लाख ६ हजार २ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ भने ९९ हजार ८ सय ५ जनाको कोरोनाका कारण ज्यान गै सकेको छ । अमेरिकामा ४ लाख ६४ हजार ६ सय ७० जनाले उपचारपछि घर फर्कने अवसर प्राप्त गरेका छन् । अमेरिकामा अहिलेपनि १७ हजार भन्दा बढी विरामीहरु गम्भीर अवस्थामा उपचार गराईरहेका छन् ।

यस्तै तेश्रो नम्बरमा रहेको रसियामा हालसम्म ३ लाख ६२ हजार ३ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । रसियामा संक्रमितको तुलनामा मृत्युदर भने अत्यन्तै कम रहेको छ । हालसम्म कोरोनाका कारण रसियामा ३ हजार ८ सय ७ जनाले ज्यान गुमाएका छन् । यसमा १ सय ७४ आजमात्रै ज्यान गुमाउनेको तथ्यांक रहेको छ ।

विश्वका २ सय ५ वटा मुलुक र साना राज्यहरुमा हालसम्म कोरोना संक्रमण देखिएको कोरोनासम्बन्धी विश्वव्यापी तथ्यांक सार्वजनिक गर्ने ओल्र्डोमिटर डटकमले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित) उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...

‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर ‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको...

सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको...

हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा...

Top