Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०
न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब साढे ६ सय नेपालीले तत्काल घर फर्कनका लागि इच्छा देखाउँदै उद्दारको लागि सरकारसँग आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ अमेरिकाका अनुसार विभिन्न काम विशेषले अमेरिका बस्दै आएका कामकाजी नेपाली, पढ्नका लागि आएका नेपाली तथा भ्रमणका लागि अमेरिका आएर लकडाउनका कारण अमेरिकामा रोकिएका नेपाली नागरिकले नेपाल फर्कने इच्छा देखाएका हुन् ।

हालै गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले नेपाल फर्कन चाहने नेपालीहरुका लागि अनलाईमार्फत् फारम भर्नका लागि अनुरोध गरेकोमा हालसम्म ६ सय ४१ जनाले फर्म भरिसकेका छन् । मे २ तारिखसम्मका लागि फर्म भर्नका लागि अनुरोध गरिएको भएपनि अझै अझै केही नेपाली थप हुनसक्ने बताइएको छ ।
गैर आवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले जारी गरेको विज्ञप्तिमा अहिलेको विषम परिस्थितिमा धेरै नेपालीहरु नेपाल र्फकन चाहेकोले त्यसका लागि सहजीकरणको व्यवस्था गरिदिन अमेरिकास्थित नेपाली राजदूतमार्फत् सरकारलाई अनुरोध गरेका छन् ।
अमेरिकामा यो समाचार तयार पार्दासम्म ७२ हजार ८ सय ६७ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने १२ लाख ४४ हजार ३ सय २ जना संक्रमित बनेका छन् । हालसम्म कति नेपालीलाई कोरोना लागेको छ भन्ने एकिन तथ्यांक नभएपनि कोरोनाको जोखिम उच्च रहेको भन्दै उनीहरु नेपाल फर्कने तयारीमा रहेका बुझिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको...
नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा...
जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०बर्लिन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम...
Top