‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने

Best Khabar Team | २०७७ जेठ २ गते शुक्रबार


१५ मे, २०२०
काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयले सरोकारवालाहरुसँगको छलफलपछि लकडाउनलाई प्रभावकारी बनाउन विभिन्न खाले व्यवस्था गर्न लागेको हो । यस क्रममा पैदलयात्रा गरेर विभिन्न नाकाहुँदै काठमाडौं छिर्नेहरुलाई पूर्णरुपमा रोक लगाइने भएको छ । यसरी आउनेहरुलाई जहाँबाट आएको हो त्यतै फर्काइने भएको छ ।

काठमाडौंका सडक तथा गल्लीमा मानिसहरुको भीड बढ्दै गएको ठहरसहित गृहमन्त्रालयले यसरी सडक तथा गल्लीमा अनावश्यकरुपमा निस्कनेहरुलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो । लकडाउनलाई प्रभावकारी बनाउन र जोखिम फैलन नदिन आम नागरिकले सरकारले दिएको निर्देशनलाई अक्षरस पालना गर्नका लागि सरकारले सबैमा अनुरोध समेत गरेको छ ।

यस्तै अत्यावश्यक सेवामा रहेका सवारी साधन तथा व्यक्तिहरुलाई भने आवश्यक समन्वय गरेर मात्रै छाडिने भएको छ । सरकारले आजैदेखि लागूहुने गरी जिल्लाले जारी गरेको सवारी पास सबै रद्द भएको घोषणा समेत गरिसकेको छ । आम नागरिकलाई आवश्यक पर्ने अत्यावश्यकीय सामग्री बोकेका मालबहाक सवारी साधन तथा एम्बुलेन्स, शवबाहान, दमकललगायतलाई भने निर्वाध रुपमा सञ्चालन हुन दिने निर्णय गरेको छ ।

प्रेस तथा अन्य अत्यावश्यक सेवा प्रवाहमा रहेकाहरुलाई पनि उनीहरुको आधिकारिक परिचयपत्र तथा नियमक निकायले जारी गरेको कार्डको आधारमा काममा जान दिने निर्णय सरकारले गरेको छ । सरकारले यसअघि एउटा जिल्लाबाट अर्को जिल्लामा जाने यात्रु तथा सवारीमा रोक लगाईसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०मस्को । युरोप र अमेरिकी राष्ट्रहरुमा कोरोनाले...

केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी...

नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै

२०७९ फाल्गुन २६ गते शुक्रबार

१० मार्च, २०२३ काठमाडौं । मुलुकले तेश्रो राष्ट्रपति पाएको...

नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी

२०७६ माघ ४ गते शनिबार

१८ जनवरी, २०२०काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी...

Top