संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी

Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार


२३ मार्च, २०१९
पोखरा । उपप्रधान, स्वास्थ्य तथा जनसङख्या मन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन नभए सरकार छाड्ने चेतावनी दिनुभएको छ । पोखरामा आज गरिएको एक कार्यक्रममा मन्त्री यादवले हतारमा जारी गरिएको अधुरो र अपुरो संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी ओलीबाट पटक पटक वचनवद्धता भएकाले केही समय धैर्यता गर्ने, यदि संविधान संशोधन नगर्ने अवस्था आए सरकारबाट बाहिरिने बताउनुभएको हो।

दुइ बुँदे सहमतिका आधारमा सरकारमा गएको हो, ढिलोचाँडो संविधान संशोधन हुनेमा आफु विश्वस्त भएको यादवले बताउनुभयो । सरकारले संविधान संशोधन, आर्थिक समृद्धि वा विकास र राजनीतिक स्थिरताका लागि प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो। द्धन्द्धबाट मुलुक अग्रगतितर्फ लम्कन सक्दैन भन्ने विप्लवलाई पनि थाहा छ, सहमतिबाटै राजनीतिक सहमति खोज्नुपर्ने यादवले बताउनुभयो।

सिके राउतसँगको सहमतिका बारेमा पत्रकारहरुले जिज्ञासा राख्दा मन्त्री यादवले जेलबाट छुट्न सिके राउतले सहमति मात्रै होइन उसले उठाउदै आएको मुद्धा छाडेको बताउनुभयो । देशलाई आर्थिक विकास र समृद्धिको लागि पर्यटन, कृषि र जलबिद्युतमा विशेष जोड दिनुपर्ने बताउनुभयो। विकासले जुन गति लिनुपर्ने हो, त्यो हुन नसकेकाले संघीयतामाथि नै प्रहार हुन थालेको समेत उहाँको भनाई थियो ।

पार्टी एकताको चर्चाका बारेमा पत्रकारहरुले जिज्ञासा राख्दा उहाँले भन्नुभयो, राजपा, नयाँशक्ति, जनमुक्ति लगायतसँग एकताका लागि पहलहरु भईरहेको छ। राजपाले सरकारलाई दिएको समर्थन फिर्ता भनिए पनि प्रदेश र स्थानियमा राजपा सरकारमै रहेकाले सरकार छाडेको भन्न नमिल्ने फोरम अध्यक्षको भनाई थियो।

राजपासँग एकताका लागि सरकार छाड्नुपर्ने शर्त आयो नि भन्ने प्रश्नमा उहाँले पहिलो पार्टी एकता अनि एकिकृत पार्टीले सरकारमा रहने नरहने निर्णय गर्ने बताउनुभयो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान...

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...

म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...

सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

२०८० आश्विन २६ गते शुक्रबार

१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर...

Top