Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९
पोखरा । उपप्रधान, स्वास्थ्य तथा जनसङख्या मन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन नभए सरकार छाड्ने चेतावनी दिनुभएको छ । पोखरामा आज गरिएको एक कार्यक्रममा मन्त्री यादवले हतारमा जारी गरिएको अधुरो र अपुरो संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी ओलीबाट पटक पटक वचनवद्धता भएकाले केही समय धैर्यता गर्ने, यदि संविधान संशोधन नगर्ने अवस्था आए सरकारबाट बाहिरिने बताउनुभएको हो।
दुइ बुँदे सहमतिका आधारमा सरकारमा गएको हो, ढिलोचाँडो संविधान संशोधन हुनेमा आफु विश्वस्त भएको यादवले बताउनुभयो । सरकारले संविधान संशोधन, आर्थिक समृद्धि वा विकास र राजनीतिक स्थिरताका लागि प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो। द्धन्द्धबाट मुलुक अग्रगतितर्फ लम्कन सक्दैन भन्ने विप्लवलाई पनि थाहा छ, सहमतिबाटै राजनीतिक सहमति खोज्नुपर्ने यादवले बताउनुभयो।
सिके राउतसँगको सहमतिका बारेमा पत्रकारहरुले जिज्ञासा राख्दा मन्त्री यादवले जेलबाट छुट्न सिके राउतले सहमति मात्रै होइन उसले उठाउदै आएको मुद्धा छाडेको बताउनुभयो । देशलाई आर्थिक विकास र समृद्धिको लागि पर्यटन, कृषि र जलबिद्युतमा विशेष जोड दिनुपर्ने बताउनुभयो। विकासले जुन गति लिनुपर्ने हो, त्यो हुन नसकेकाले संघीयतामाथि नै प्रहार हुन थालेको समेत उहाँको भनाई थियो ।
पार्टी एकताको चर्चाका बारेमा पत्रकारहरुले जिज्ञासा राख्दा उहाँले भन्नुभयो, राजपा, नयाँशक्ति, जनमुक्ति लगायतसँग एकताका लागि पहलहरु भईरहेको छ। राजपाले सरकारलाई दिएको समर्थन फिर्ता भनिए पनि प्रदेश र स्थानियमा राजपा सरकारमै रहेकाले सरकार छाडेको भन्न नमिल्ने फोरम अध्यक्षको भनाई थियो।
राजपासँग एकताका लागि सरकार छाड्नुपर्ने शर्त आयो नि भन्ने प्रश्नमा उहाँले पहिलो पार्टी एकता अनि एकिकृत पार्टीले सरकारमा रहने नरहने निर्णय गर्ने बताउनुभयो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित)
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)...
कोरोना नियन्त्रणसम्बन्धी अत्यावश्यकीय सामग्री लिएर चीनबाट नेपाल एयरलाईन्सको विमान आज मध्यरातमा काठमाडौं आइपुग्दै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको प्रकोप र...
आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार
२०७७ असार ४ गते बिहिबार
१८ जुन २०२०कुवेत सिटी । रोजगारीका लागि कुवेत आएका...
विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित)
२०७६ माघ १७ गते शुक्रबार
३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको...
Top