Best Khabar Team | २०७७ बैशाख २२ गते सोमबार

०४, मे, २०२०
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण नेपालमा पनि करिब डेढ महिनादेखि लकडाउन जारी छ । लकडाउनका कारण चैत्र देखि अहिलेसम्म विद्यालय तथा क्याम्पसहरु बन्द छन् । यही बीचमा केही निजी विद्यालय सञ्चालकहरुले लकडाउनको बेवास्था गरी आर्थिक संकलन गर्ने उद्देश्यले अनलाईनको कक्षा सञ्चालन गर्ने नाममा अभिभावकसँग रकम उठाउने चेष्टा गरिरहेका छन् ।
यस्तै कतिपय निजी विद्यालयहरुले विद्यार्थीलाई अनलाईनबाट भर्ना हुनसक्ने गरी अनलाईन फर्म समेत सार्वजनिक गरिरहेको सन्दर्भमा सरकारले उनीहरुलाई तत्काल यस्ता कार्य रोक्न निर्देशन दिएको छ । शिक्षा मन्त्रालयले आज साँझ एक विज्ञप्ति निकालेर अर्को सूचना जारी नभएसम्म र कोरोनाको सन्त्रास कायम रहेसम्म तत्काल अनलाईन कक्षा तथा विद्यार्थी भर्नाको नाममा विद्यार्थी तथा अभिभावकसँग कुनैपनि शुल्क नलिन विद्यालय प्रशासनलाई निर्देशन दिएको हो ।

सरकारको यो निर्णयसँगै अब कुनैपनि विद्यालयहरुले कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा शुल्क लिन नपाउने भएका छन् । यस्तै भर्नाको नाममा पनि तत्काल शुल्क लिने उनीहरुको प्रपञ्च तुहिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णय भन्दै सरकारले आज साँझ जारी गरेको विज्ञप्तिमा कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन निर्देशन दिइएको छ ।
सहसचिव दीपक सुवेदीको नाममा जारी भएको विज्ञप्तिमा माध्यमिक शिक्षा परीक्षा, कक्षा ११ तथा १२ का परीक्षा हालका लागि स्थगित गरिएको उल्लेख छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अष्ट्रेलियामा आगोको वितण्डा
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...
लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै...
अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...
कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना...
Top