Best Khabar Team | २०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०
सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त मुलुकमा पछिल्लादिनमा फैलँदै गएको कोरोना संक्रमण चिन्ताजनक भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भनाई छ । विश्वका विकसित र सुविधासम्पन्न देशमा समेत भयाबह बनेको र ती देशलाई समेत थकाईदिएको कोरोना अफ्रिकी महादेशको लागि निक्कै चुनौतीपूर्ण र खतरापूर्ण भएको डब्ल्यूएचओको भनाई छ ।

यसका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षा सावधानी र प्रभावकारी लडकउनको विकल्प नभएकोमा डब्ल्यूएचओले जोड दिएको छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रेससले अहिले युरोप, अमेरिकाजस्ता विकसित देशलाई समेत तहसनहस बनाएको कोरोना पछिल्ला दिनमा अफ्रिकी महादेश तथा युद्दग्रस्त केहीदेशहरुमा महामारीको रुपमा फैलन थालेको भन्दै भोलिका दिन अफ्रिकी महादेशको लागि यो निक्कै चुनौतीपूर्ण हुने बताएका छन् । यसका लागि सबैले बेलैमा सावधानी अपनाएर कोरोना संक्रमण रोक्न पूर्वतयारी तथा व्यक्तिगत सुरक्षा सावधानी अपनाउन उनले सबैलाई आग्रह गरेका छन् ।
विशेषत ः अति कम विकसित तथा युद्दग्रस्त मुलुकहरु सोमालिया, हैटी, सुडान, दक्षिण सुडान, यमन, सिरिया, अफगानिस्तान, सियरा लियोन, उत्तरी नाइजेरियाजस्ता देशले कोरोनाको सामना गर्न निक्कै ठूलो मुल्य चुकाउनुपर्ने हुनसक्ने बताइएको छ । यी देशहरुमा पछिल्ला केहीसाता फैलिएको कोरोना संक्रमण अत्यासलाग्दो भएको स्वास्थ्यक्षेत्रसँग सम्बन्धित विभिन्न अन्र्तराष्ट्रिय स्वास्थ्य विशेषज्ञहरुको भनाई छ । किनकी यी देशहरु यसैपनि दशकौं लामो सशस्त्र युद्द, भोकमरी तथा गरिबीका कारण जर्जर बनेको छन् ।

ती देशका नागरिकहरुलाई बेलैमा सचेत बन्न र जनधनको क्षति हुन नदिन युरोप र अमेरिकाबाट पाठ सिक्न विज्ञहरुले अनुरोध गरेका छन् । अनलाइन मिडिया ब्रिफिङमा डब्लुएचओका प्रमुख टेड्रसले गएको जनवरी ३० मा आफूहरुले कोरोनाको सावधानी अपनाउनका लागि विश्व समुदायलाई आग्रह गरेको भएपनि त्यसलाई बेलैमा गम्भीरतापूर्वक नलिँदा अहिलेको अवस्था आएको बताएका छन् ।
जनवरीको अन्तिम साता विश्व स्वास्थ्य संगठनले विश्वजगतलाई कोरोनासँग सावधानी अपनाउनका लागि आग्रह गर्दा चीनबाहेक विश्वका अन्य मुलुकमा कुल ८० वटा मात्रै केस रहेको र त्यतिबेलासम्म एकजनाको पनि निधन भएको थिएन । तर फेब्रुअरी र मार्चमा कतिपय देशले लाखौं सहभागी गराएर विभिन्न कार्यक्रमहरु गर्दा त्यसको माध्यमबाट कोरोना विश्वव्यापी रुपमा फैलिन मद्दत पुगेकोको विश्व स्वास्थ्य संगठनको ठम्याई छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य
२०७७ चैत्र १८ गते बुधबार
३१ मार्च, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको...
गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी २०२० पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी...
भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको...
करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । करिब ४७ लाख रुपैयाँ...
Top