आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

Best Khabar Team | २०७७ बैशाख २० गते शनिबार


०२ मे, २०२०
सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका सबै हल्लाहरुलाई झूटो सावित बनाउँदै उत्तर कोरियाली नेता किम जोङ्ग उल सार्वजनिक भएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमले हिजो सार्वजनिक गरेको श्रव्यदृष्य सामग्रीमा एउटा कार्यक्रमको उद्घाटनमा किम रिबन काट्दै हुन्छन् । उनी सार्वजनिक भएको सो कार्यक्रममा उनकी बहिनी र सरकारका बरिष्ठ अधिकारीहरु समेतलाई देख्न सकिन्छ ।

उत्तर कोरियाली मिडियाहरुका अनुसार राजधानीमा आयोजित एउटा रासायनिक मल कारखानाको उद्घाटन कार्यक्रममा किम सार्वजनिक भएका हुन् । गएको अप्रिल १२ मा एउटा सार्वजनिक कार्यक्रममा देखिएका किम त्यसयता गुमनाम भएका थिए । अप्रिल १५ मा हजुरबुबाको जन्मदिनको अवसरमा गरिएको एउटा राष्ट्रिय कार्यक्रममा समेत उनी नदेखिएपछि विभिन्न गुप्तचर निकायहरुले उनी मुटुको समस्याबाट गम्भीर विरामी परेपछि कोमामा गएको रिपोर्ट सार्वजनिक गरेका थिए ।

कतिपयले भने उनको मृत्यु भएको दाबी समेत गरिसकेका थिए । तर यी सबै निराधार हल्लालाई चिर्दै उत्तर कोरियाली नेता किम सार्वजनिक भएपछि विश्व जगतमा फेरि एकपटक खुसीको सञ्चार भएको छ । यसअघि ६ वर्षअघि पनि उनी करिब ६ साता सार्वजनिक कार्यक्रममा नदेखिँदा उनका बारेमा अनावश्यक हल्ला र अड्कलबाजी गरिएका थिए ।

करिब १८ दिन अघि एउटा सार्वजनिक कार्यक्रममा सहभागी किम त्यसपछि बाहिर देखिएका थिएनन् । उनी हालै सहभागी एउटा सार्वजनिक कार्यक्रमको भनिएको फोटो र भिडियोमा उनी निक्कै स्वस्थ्य देखिन्छन् । राष्ट्रिय महत्वका कार्यक्रममा किम अग्र मोर्चामा देखिने भएपनि हालै भएका केही कार्यक्रममा उनी नदेखिँदा विभिन्न खाले अड्कलबाजी र अफवाह फैलिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३...

‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन ‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब...

नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको...

निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१९ काठमाडौं । कैलालीमा केही महिना अघि...

Top