Best Khabar Team | २०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०
नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता इफरान खान ब्रह्मलिन भएका छन् । ५४ वर्षका खानको आज बिहान निधन भएको हो । विगत केही वर्षदेखि क्यान्सर रोगसँग पौठाजोरी खेल्दै आएका खानले अन्नतः क्यान्सरलाई जित्न सकेनन् ।
बलिउडमा एकदमै रुचाईएका खानको भारतको मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विगत केही हप्तायता खान गम्भीर अवस्थामा अस्पतालमा उपचार गराईरहेका थिए ।
न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित खान आजभन्दा ५४ वर्षअघि भारतको राजस्थानस्थित जयपुरमा जन्मिएका थिए । शुरुमा नाटकबाट रंगकर्ममा प्रवेश गरेका खानको पछिलो अंग्रेजी चलचित्र मिडियम हो । यस्तै उनका सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबारलगायतका दर्जनौं हिन्दी सिनेमाहरु हिट चलचित्रका रुपमा रहेका छन् ।
यता स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टरका अँग्रेजी चलचित्रमा पनि उनले अभिनय गरिसकेका छन् । स्वर्गीय खानले ७ दिनअघि आफ्नी आमा गुमाएका थिए ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो
२०७७ बैशाख १८ गते बिहिबार
३० अप्रिल, २०२०जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट...
मध्यरातमा जुवाको खालमा प्रहरी छापा : वडाअध्यक्षसहित १६ पक्राउ
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० कैलाली । कैलालीको धनगढीमा एक स्थानीय...
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको...
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो
२०७७ मंशिर १६ गते मंगलबार
०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...
Top