Best Khabar Team | २०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०
पि.एल. तरंग
लिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट हजारौंको ज्यान गएको युरोपेली मुलुक इटलीले चरणबद्ध रुपमा लकडाउन खुकुलो गर्ने तयारी गरेको छ । इटलीले आगामी मेबाट लागुहुनेगरी विभिन्न क्षेत्रमा निश्चित मापदण्ड र सुरक्षा सावधानी अपनाएर लकडाउन खुकुलो गर्न लागेको हो ।

गएको फब्रुअरी दोश्रो हप्तादेखि इटलीमा कोरोना संक्रमण देखिएको भएपनि फेब्रुअरी २१ का दिन पहिलोपटक कोरोनाबाट मानिसको ज्यान गएको थियो । इटलीमा शुरुमा फेब्रुअरी २१ तारिखमा एक, २२ मा दुई र २३ मा ३ जनाको ज्यान गएको भएपनि अप्रिल २६ तारिखसम्म आइपुग्दा इटलीमा २६ हजार भन्दा बढीले ज्यान गुमाईसकेका छन् ।
हालसम्म इटलीमा कोरोनाका कारण २६ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ । । तर पछिल्ला केहीदिनयता तुलनात्मक रुपमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा कमी आएपछि करिब २ महिना लामो लकडाउनलाई विस्तारै खोल्ने तयारीमा इटली सरकार जुटेको छ ।

त्यसका लागि त्यहाँको सरकारले राजनीतिक पार्टी, चिकित्सक, स्वास्थ्य क्षेत्रका विज्ञ, विभिन्न आर्थिक क्षेत्रका प्रबुद्द व्यक्ति, विद्यालयका शिक्षक, क्याम्पसका प्राध्यापकलगायत विभिन्न क्षेत्रका विशेषज्ञसँग घनिभूतरुपमा छलफल गरिरहेको छ । प्रधानमन्त्री जुसेप्पे कोन्तोले आम नागरिकहरुको सुरक्षा राज्यको पहिलो दायित्व भएको भन्दै निश्चित मापदण्ड पुरा गर्नेगरी लकडाउन खुकुलो बनाउन लागिएको सञ्चारमाध्यमहरुलाई बताएका छन् ।



विश्वमा अहिले अमेरिकापछि कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउनेहरुमा इटलीका नागरिहरु रहेका छन् । त्यसो त संख्याको हिसावले इटलीभन्दा बढी युरोपकै अर्को देश स्पेनमा संक्रमित बढी छन् । तर युरोपमा कोरोना शुरु हुँदा इटलीले धेरै क्षति बेहोरीसकेको थियो ।

रातपछिको दिन भनेजस्तो लकडाउनमा कडाई गरिसकेपछि अब विस्तारै इटाली पुरानै लयमा फर्कने तयारी गरेको छ । सोही कारण अर्को महिनादेखि उसले आवश्यकताका आधारमा विभिन्न क्षेत्रहरुलाई विस्तारै खुलाउदै लैजाने तयारी गरेको हो । तर इटलीमा नयाँ संक्रमित र मृतकको संख्या भने अहिलेपनि दैनिक सयौंको संख्यामै छ । (इटलीबाट हरि काराखेतीको सहयोगमा । )

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनासहित झण्डै सय जनाको राहदानी रद्द
२०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५ढाका, बंगलादेश । राजनीतिक अस्थिरताका कारण उत्पन्न...
७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा
२०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...
‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा
२०७७ माघ ३० गते शुक्रबार
१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...
कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण : नर्वे सरकारले अनुसन्धान थाल्यो
२०७७ माघ ४ गते आइतबार
१७ जनावरी, २०२१ओस्लो, नर्वे । अमेरिकाको फाइजर र बायोएनटेक...
Top