देशभरबाट ५ जना कोरोना संक्रमण निको भएर घर फर्किए

Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार


२१ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको भएर घर फर्कनेको संख्या पाँच पुगेको छ । आजमात्रै धनगढीमा एक युवकले कोरोना संक्रमणलाई जितेका हुन् । उनी आजै साँझ अस्पतालबाट डिचार्ज भएका छन् ।

विगत एक महिनादेखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३२ वर्षका ती युवकको लगातार गरिएको परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपछि आज साँझ उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । डेढ महिनाअघि दुबईबाट नेपाल आएका उनमा गएको चैत्र १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि सोही अस्पतालमा उपचाररत कैलाली लम्कीका २१ वर्षीय युवक पनि निको भएर ३ दिन अघि घर फर्किसकेका छन् । यस्तै काठमाडौंकी १९ वर्षकी युवती र बाग्लुङ्गकी ६५ वर्षकी बृद्द महिलाले पनि कोरोालाई जितेर घर फर्किसकेकी छन् । नेपालको पहिलो कोरोना संक्रमित ३१ वर्षका युवक पनि स्वास्थ्यलाभ गरी गएको फागुनमै घर फर्केका थिए ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जसमध्ये ३५ जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । ती मध्ये १२ जना भारतीय नागरिक रहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...

कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित) कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२० कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा...

४ महिनापछि दर्शनार्थीका लागि भगवान् पशुपतिनाथको मन्दिर खुल्ला गर्ने तयारी ४ महिनापछि दर्शनार्थीका लागि भगवान् पशुपतिनाथको मन्दिर खुल्ला गर्ने तयारी

२०७७ श्रावण ३ गते शनिबार

१८ जुलाई, २०२०काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथको...

काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर) काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...

Top