Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी निको भएर घर फर्कनेको संख्या पाँच पुगेको छ । आजमात्रै धनगढीमा एक युवकले कोरोना संक्रमणलाई जितेका हुन् । उनी आजै साँझ अस्पतालबाट डिचार्ज भएका छन् ।

विगत एक महिनादेखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३२ वर्षका ती युवकको लगातार गरिएको परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपछि आज साँझ उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । डेढ महिनाअघि दुबईबाट नेपाल आएका उनमा गएको चैत्र १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि सोही अस्पतालमा उपचाररत कैलाली लम्कीका २१ वर्षीय युवक पनि निको भएर ३ दिन अघि घर फर्किसकेका छन् । यस्तै काठमाडौंकी १९ वर्षकी युवती र बाग्लुङ्गकी ६५ वर्षकी बृद्द महिलाले पनि कोरोालाई जितेर घर फर्किसकेकी छन् । नेपालको पहिलो कोरोना संक्रमित ३१ वर्षका युवक पनि स्वास्थ्यलाभ गरी गएको फागुनमै घर फर्केका थिए ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जसमध्ये ३५ जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । ती मध्ये १२ जना भारतीय नागरिक रहेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने
२०७९ फाल्गुन २१ गते आइतबार
०५ मार्च, २०२३भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न...
ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ वासिङ्टन । आगामी सन् २०२० मा...
७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि...
रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ
२०७७ बैशाख १६ गते मंगलबार
२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता...
Top