एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार


– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले विश्वका शर्व शक्तिमान सम्पन्न मुलुकदेखि आर्थिकरुपमा विपन्न राष्ट्रहरुसमेत यतिबेला चपेटामा परिरहेका छन् । विश्वको शक्तिशाली मुलुक अमेरिकामा कोरोनाका कारण यो आलेख तयार गर्दासम्म झण्डै ३८ हजार मानिसको ज्यान गै सकेको छ ।

अमेरिका जत्तिकै आर्थिक हैसियत भएका र हुने क्रममा रहेका झण्डै एकदर्जन राष्ट्रहरुमा पनि हजारौं मानिसको ज्यान कोरोना संक्रमण (कोभिड १९) कै कारण गै सकेको छ । ती देशहरुमा यतिबेला लाखौं आम नागरिकहरु कोरोनाबाट ग्रस्त भै अस्पतालको आइसोलेसनमा उपचारमा छन् । अझ भनौं विश्वका प्राय सबै देशमा कोरोनाको प्रकोप देखिएको छ । जसले जनधनको क्षति पु-याएको छ । तर नेपालजस्तो विकास र अन्य सेवा सुविधाको दृष्टिले निक्कै पछि रहेको देशमा पनि कोरोना संक्रमण फैलन थालेपनि सबैमा एक किसिमको डर र त्रास फैलन थालेको छ ।

नेपालमा आजसम्म कोरोनाका ३१ जना विरामी देखिएका छन् । आशालाग्दो विषय के भने उपचारमा रहेका २८ जनाकै अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ । विश्वमा कोरोनाकै महामारीका बीच शनिबार नेपालमा भने दुईवटा सुखद् समाचार आए । त्यो थियो कोरोना संक्रमणमा परी अस्पतालको आइसोलेसनमा उपचाररत दुईजना स्वास्थ्य लाभ गरी घर फर्किएको । अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमितको संख्या कम भएपनि निको भएर घर फर्केका शुक्रबारसम्म १ जना मात्रै थिए । ती पनि गत माघमा चीनबाट आएका युवक थिए ।

तर शनिबार काठमाडौंमा १९ वर्षकी युवती र बाग्लुङ्गमा ६५ वर्षकी बृद्दले कोरोनामाथि विजयी हासिल गर्दै घर फर्केपछि यसले सबैमा खुसीको सञ्चार गराई दिएको छ । यतिमात्र होइन कोरोना लागेमा ज्यानै जान्छ भन्ने भ्रमलाई पनि यो घटनाले चिरिदिएको छ । दुईजना नारीले सहजै कोरोनालाई जितिदिँदा यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ, त्यो हो कोरोना लाग्दैमा ज्यानै जाँदो रहेनछ ।

बाग्लुङकी ६५ वर्षकी बृद्द महिला

गत चैत्र ४ गते युरोपेली मुलुक बेल्जियमबाट काठमाडौं आएकी बाग्लुङकी ६५ वर्षकी बृद्द महिलामा कोरोना भन्दा अरु धेरै दीर्घरोग थियो । सुगर, प्रेसरजस्ता रोगले सताएपछि उनले धेरै वर्षअघिदेखि नियमति औषधी समेत गर्दै आइरहेकी थिइन् । अन्र्तराष्ट्रिय अभ्यास र अनुभवका अनुसार दीर्गरोगीहरुर्ला कोरोनाले आक्रमण गरेपछि निको हुन निक्कै कठिन हुन्छ । त्यसपछि उमेरले ६० काटेकाहरुमा समस्या जटिल बन्ने गरेको अन्य देशको तथ्यांकले पनि देखाएको छ । तर ती महिलामा पछिल्लो २४ घण्टामा गरिएका दुईवटा परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पताले आज साँझ धवलागिरी अस्पतालबाट डिस्चार्ज गरिदिएको हो ।

यी दुबै केसका नारी पात्रले देखाएको आत्मविश्वास र चिकित्सकको उचित केयरका कारण उनीहरुले कोरोलाई परास्त गरेको कुरामा दुईमत छैन् । यी दुई घटनाले महिलाहरुको आत्मविश्वास कमजोर हुन्छ भन्ने अर्को सामाजिक भ्रमलाई पनि चिरिदिएको छ । त्यसैले कोरोना लागेमा आत्तिईहाल्नु हुँदैन । बेलैमा सावधानी अपनाएर आफू र आफ्नो परिवारको स्वास्थ्यमा सचेत बनेमा कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने उदाहरण आजको यी दुई नारी पात्र हुन् ।

उनीसँगै एउटै विमानमा आएकी उनकी नातिनीमा कोरोना देखिएपछि गएको चैत्र २० गते गनलाई अस्पतालमा राखेर परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले करिब १७ दिनमा कोरोनालाई परास्त गर्दै सबैमा एउटा विश्वासको अवस्था सिर्जना गरिदिएकी छन् । तर अचम्म के भने उनी भन्दा पहिलो कोरोनाको संक्रमणका कारण सोही अस्पतालको आइसोलेसनमा उपचाररत १९ वर्षकी उनकी नातिनीको पछिल्लो रिपोर्टपनि पोजेटिभ आएको छ ।

६५ वर्षकी ती बृद्दा भन्छिन, –‘विश्वलाई हल्लाईरहेको कोरोनालाई जित्न सफल भएँ । म विभिन्न रोगसँग लड्दै औषधी खाँदै आएको थिएँ । तर ममा आत्मविश्वासमा कुनै कमि थिएन । त्यसैले मैले कोरोनालाई परास्त गरेँ । रोग लाग्दैमा ज्यान जाँदैन । आत्मविश्वास नै सबैभन्दा बलियो कुरा हो ।” उनले आफ्नो उपचारमा संलग्न सबैलाई विशेष धन्यावाद दिएकी छन् ।

काठमाडौं मैतिदेवीकी १९ वर्षकी युवती

बाग्लुङ्गमा ६५ वर्षकी बृद्दाले कोरोना जितेर अस्पतालको बेडबाट डिस्चार्ज भै रहँदा यसको करिब ८ घण्टा अघि फ्रान्सबाट नेपाल आएकी काठमाडौं मैतिदेवीकी १९ वर्षकी एक युवतीले पनि कोरोनालाई जितेर घर फर्केकी थिइन् । विद्यार्थी भिषामा फ्रान्स पुगेकी ती युवती कतार एयरको विमानबाट चैत्र ४ गते काठमाडौं ओर्लेकी थिइन् । भियतनामकी सँगै पढ्ने साथीले भियतनामबाट आफूलाई कोरोना भएको र उनलाई पनि चेक गर्न भनेपछि युवतीले टेकु अस्पतालमा परिक्षण गराएकी थिइन् ।

परीक्षणका क्रममा उनमा कोरोनाको संक्रमण भेटिएपछि उनी पनि २७ दिनदेखि अस्पतालको आइसोलेसनमा उपचाररत थिइन् । तर पछिल्लो २४ घण्टामा उनमा गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि उनलाई पनि आज बिहान अस्पतालले डिस्चार्ज गरिदिएको थियो । डिस्चार्ज गर्नुअघि अस्पतालले गरेको पत्रकार सम्मेलनमा उनले बलियो आत्मविश्वासले नै कोरोनालाई जित्न सफल भएको भन्दै सबैलाई कोरोनासँग नडराउन र सजग हुन आग्रह गरेकी थिइन् । यी युवती नेपालमा दोश्रो कोरोना संक्रमित थिइन् ।

यी दुबै केसका नारी पात्रले देखाएको आत्मविश्वास र चिकित्सकको उचित केयरका कारण उनीहरुले कोरोलाई परास्त गरेको कुरामा दुईमत छैन् । यी दुई घटनाले महिलाहरुको आत्मविश्वास कमजोर हुन्छ भन्ने अर्को सामाजिक भ्रमलाई पनि चिरिदिएको छ । त्यसैले कोरोना लागेमा आत्तिईहाल्नु हुँदैन । बेलैमा सावधानी अपनाएर आफू र आफ्नो परिवारको स्वास्थ्यमा सचेत बनेमा कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने उदाहरण आजको यी दुई नारी पात्र हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारले भन्यो : विदेशमा  रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा...

करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै

२०८० कार्तिक १७ गते शुक्रबार

०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई...

चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक

२०७६ असार ३ गते मंगलबार

१८ जुन,२०१९ काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको...

यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन् यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन्

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित...

Top