२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार


१८ अप्रिल, २०२०
काठमाडैं । गत चैत्र ४ गते युरोपेली मुलुक फ्रान्सबाट नेपाल आएकी काठमाडौंकी एक युवतीले प्रसिद्धि श्रेष्ठ कोरोनालाई जित्दै २७ दिनपछि पूर्णस्वास्थ्य लाभ गरी घर फर्केकी छन् । नेपालकै दोश्रो कोरोना संक्रमित श्रेष्ठमा कोरोनाको संक्रमण पूर्णरुपमा निको भएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

तस्वीर सौजन्य : माधवराज तिवारी, स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रसिद्धिले ४ हप्ताको नियमित उपचारपछि स्वास्थ्य लाभ गरेको र त्यसपछि उनलाई डिस्चार्ज गरिएको हो । चैत्र ४ गते फ्रान्सको राजधानी पेरिस हुँदै काठमाडौं आएकी प्रसिद्धि त्यसको ५ दिनपछि अस्पतालमा चेकजाँचको लागि गएकी थिइन् । भोलिपल्ट अर्थात् चैत्र १० गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । लगत्तै उनलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा राखेर उपचार थालिएको थियो ।

चिकित्सकहरुले आफूहरुमा कोरोनाको कुनै संक्रमण बाँकी नरहेको बताएको र आफूले पनि पूर्णरुपमा स्वस्थ गरेको महशुस भएपछि डिस्चार्ज गरिएको उनको भनाई छ । आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैमा उनले धन्यावाद व्यक्त गरेकी छन् । उनीसँगै सोही दिन सोहि विमानमा कतारबाट काठमाण्डौ आएका बाग्लुङ्गका २ जनामा कोरोनाको संक्रमण देखिएछि उनीहरुलाई धवलागिरी अस्पतालमा राखेर उपचार गरिँदैछ ।

यसअघि गत माघमा चीनबाट फर्केका एक युवामा कोरोनाको संक्रमण देखिएको र उनले यसअघि नै स्वास्थ्य लाभ गरिसकेका छन् । उनी नेपालमा पहिलो पटक कोरोना संक्रमित थिए । अब नेपालमा कोरोना संक्रमणमा परी अस्पतालमा उपचार गराइरहेकाहरुको संख्या जम्मा २८ रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते...

लकडाउनमा घर फर्केका २४ मजदुरको ट्रक दुर्घटनामा मृत्यु, १५ गम्भीर घाइते लकडाउनमा घर फर्केका २४ मजदुरको ट्रक दुर्घटनामा मृत्यु, १५ गम्भीर घाइते

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०नयाँदिल्ली । लकडाउनकै बीच घर फर्कन लागेका...

कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...

इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० बग्दाद । अमेरिकी सरकारले गरेको हवाई...

Top