Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०
काठमाडैं । गत चैत्र ४ गते युरोपेली मुलुक फ्रान्सबाट नेपाल आएकी काठमाडौंकी एक युवतीले प्रसिद्धि श्रेष्ठ कोरोनालाई जित्दै २७ दिनपछि पूर्णस्वास्थ्य लाभ गरी घर फर्केकी छन् । नेपालकै दोश्रो कोरोना संक्रमित श्रेष्ठमा कोरोनाको संक्रमण पूर्णरुपमा निको भएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रसिद्धिले ४ हप्ताको नियमित उपचारपछि स्वास्थ्य लाभ गरेको र त्यसपछि उनलाई डिस्चार्ज गरिएको हो । चैत्र ४ गते फ्रान्सको राजधानी पेरिस हुँदै काठमाडौं आएकी प्रसिद्धि त्यसको ५ दिनपछि अस्पतालमा चेकजाँचको लागि गएकी थिइन् । भोलिपल्ट अर्थात् चैत्र १० गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । लगत्तै उनलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा राखेर उपचार थालिएको थियो ।

चिकित्सकहरुले आफूहरुमा कोरोनाको कुनै संक्रमण बाँकी नरहेको बताएको र आफूले पनि पूर्णरुपमा स्वस्थ गरेको महशुस भएपछि डिस्चार्ज गरिएको उनको भनाई छ । आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैमा उनले धन्यावाद व्यक्त गरेकी छन् । उनीसँगै सोही दिन सोहि विमानमा कतारबाट काठमाण्डौ आएका बाग्लुङ्गका २ जनामा कोरोनाको संक्रमण देखिएछि उनीहरुलाई धवलागिरी अस्पतालमा राखेर उपचार गरिँदैछ ।

यसअघि गत माघमा चीनबाट फर्केका एक युवामा कोरोनाको संक्रमण देखिएको र उनले यसअघि नै स्वास्थ्य लाभ गरिसकेका छन् । उनी नेपालमा पहिलो पटक कोरोना संक्रमित थिए । अब नेपालमा कोरोना संक्रमणमा परी अस्पतालमा उपचार गराइरहेकाहरुको संख्या जम्मा २८ रहेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘बेस्ट खबर डटकम’ बारेमा
२०७४ श्रावण २२ गते आइतबार
हाम्रो बारेमा ।‘बेस्ट खबर डटकम’ पत्रकारिताका क्षेत्रमा फरक र...
पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन
२०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२० काठमाडौं । ५० र ६० को...
नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते...
चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए
२०७६ असार ८ गते आइतबार
२३ जुन, २०१९न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच...
Top