Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल २०२०
काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण अवस्थामा रहेका नेपाली नागरिकहरुलाई तत्काल उद्दार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ । । विशेषतः बैदेशिक रोजगारीका शिलशिलामा विश्वका विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई यथासक्य नेपाल झिकाउन सर्वोच्चले सरकारलाई निर्देशन दिएको हो ।
कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण विशेषतः खाडी मुलुकमा रहेका नेपाली मजदुरहरुको दैनिक कष्टकर बनेको भन्दै सर्वोच्चले उनीहरुलाई उद्दार गर्न सरकारको नाममा आदेश जारी गरेको हो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज सरकारको नाममा आदेश जारी गर्दै विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउन भनेको छ ।
अधिवक्ता सोमप्रसाद लुइँटेल, प्रकाश खनाल र सुदीप देवकोटाले विदेशमा जोखिममा रहेकाहरु अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेश गर्दा थप जोखिम हुने भन्दै उनीहरुको उद्दारका लागि अन्तरिक आदेश जारी गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । आदेशमा सर्वोच्चले विश्वका विभिन्न देशले आफ्ना देशका नागरिकलाई उद्दार गरिरहेको अवस्थामा नेपाल सरकारले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै तत्काल यसतर्फ ठोस कदम चाल्न निर्देशन दिएको छ ।
हाल कोरोना फैलिएको मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपालीको ती देशमा रहेका नेपाली दूतावास वा श्रम सहचारीमार्फत कोरोना भाइरस संक्रमित नेपालीको स्वास्थ्य स्थिति प्रतिवेदन तयार गरी उनीहरुको स्वास्थ्य उपचारको ग्यारेन्टी गर्न पनि सरकारलाई आदेश दिइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने...
५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...
सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना...
मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा
२०८० कार्तिक ११ गते शनिबार
२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा...
Top