५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन

Best Khabar Team | २०७७ पुष २५ गते शनिबार


०९ जनवरी, २०२१
जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा यात्रुबाहक बिहान उडान भरेको केही बेरपछिनै आकाशबाट सम्पर्कविहिन भएको छ । राजधानी जाकर्ताबाट ५० जना यात्रु लिएर उडेको बिमान केही समयपछि नै स्थानीय ‘जाभा महासागर’ माथिको आकाशबाट वेपत्ता भएको हो । पछिल्लो रेकर्ड अनुसार सो जाहाज १ मिनेटको अवधिमा १० हजार फिट तल झरेको देखिएको छ । त्यसपछि जाहाले टावरसँग कुनै संकेत आदानप्रदान गरेको देखिएको छैन ।

जहाज समुद्रमा खसेको हुनसक्ने आशंका गरिएको भएपनि यसको औपचारिक पुष्टि भने भएको छैन । विश्वव्यापी रुपमा जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार ट्वेण्टी फोरका अनुसार सो जहान पछिल्लो समय जाभा महादिपको आकाशबाट सम्पर्क बिहिन भएको छ । हराईरहेको जहाजको खोजिका लागि यहाँको सरकारले समुद्र तथा आकाशमार्ग दुबैतर्फबाट सेना तथा प्रहरीलगायत विशेषज्ञ उद्धारकर्मीहरुको टोली परिचालन गरिसकेको छ ।

जहाजले उडान भरेको केहीमिनेट पनि नै सो क्षेत्रमा भीषण वर्षा भएको अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार दिउँसो २ बजेर ४० मिनेटमा जाकर्ताबाट पोन्तियानाकका लागि सो विमानले उडान भरेको थियो । बिमानसँगको सम्पर्क टुटेपछि अहिले सो विमानमा यात्रा गरेका यात्रुका आफन्त तथा चालकदलका सदस्यको परिवार चिन्तित बनेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी २०२० पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी...

बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो

२०७६ फाल्गुन २८ गते बुधबार

११ मार्च, २०२०लण्डन । पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको...

थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र,  छाप्रे टहरा भत्काइने थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने

२०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र...

Top