फ्रान्समा कोरोनाबाट मृतकको संख्या थपिँदै जाँदा लकडाउन पनि एक महिना थपियो

Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार


१४ अप्रिल, २०२०
एण्डोभन । युरोपेली मुलुक फ्रान्समा पछिल्लो केहीसातायाता कोरोना भाइरसबाट दैनिक सयौंको संख्यामा आम नागरिकको ज्यान गै रहेको छ । गत फेब्रुअरी १५ तारिखदेखि फ्रान्समा कोरोनाको संक्रमण शुरुभएयता अहिलेसम्म झण्डै १५ हजारको ज्यान गै सकेको छ । दिनहुँ कोरोना संक्रमित बढ्दै जाँदा यहाका राष्ट्रपति एमानुएल माक्रोंले लकडाउनको समय थप एक महिना बढेको घोषणा गरेका छन् ।

उनले हिजो साँझ देशवासीका नाममा सम्बोधन गर्दै फ्रान्समा आगामी मे ११ सम्मका लागि लकडाउनको समय बढाईको जानकारी गराएका हुन् । फ्रान्समा गएको अप्रिल दोश्रो सातादेखि लकडाउन भै रहेको छ । सबै नागरिकको सुरक्षा राज्यसँग जोडिएको भन्दै अहिलेको यो परिस्थितिसँग सामना गर्नका लागि घरभित्र बस्नुको विकल्प नभएको राष्ट्रपति माक्रोंको भनाई छ । उनले फ्रान्सेली नागरिकहरुको अवस्था हेरी उनीहरुका परिवारलाई तत्कालीन राहत देखि आवश्यकता अनुसार अन्य नागरिकहरुलाई पनि सरकारले आर्थिक तथा सामाजिक सुरक्षाको लागि भरपर्दो व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

आगामी मे महिनाको दोश्रो सातादेखि पूर्व प्राथमिक, माध्यमिक र माध्यमिक तहका विद्यालयहरु सञ्चालनमा केही खुकुलो गरिने भएपनि विश्वविद्यालयहरु आगामी सेप्टेम्बरसम्मका लागि बन्द गर्ने राष्ट्रपतिको सम्बोधनमा उल्लेख छ । उनले कोरोना नियन्त्रणको यो अभियानमा अहिलेसम्म सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिक धन्यावादको पात्र भएको बताएका छन् ।

सम्बोधनमा राष्ट्रपतिले युरोपेली युनियन भित्रका अन्र्तदेशिय उडान तथा अन्य स्थल मार्गहरु अनिश्चितकालका लागि बन्द गरिने बताएका छन् । यस्तै उनले आम नागरिकले गुमाएको रोजगारीलाई मध्यनजर गर्दै सरकारले मनग्य आर्थिक छुट दिने घोषणा पनि गरेका छन् । बढी मानिसहरुको जमघट हुने सिनेमा हल, रंगशाला, डिस्कोलगायतका क्षेत्र पनि कम्तीमा ३ महिना बन्द गर्ने फ्रान्सको सरकारी टेलिभिजनले जनाएको छ ।

यो समाचार तयार गर्दासम्म फ्रान्समा झण्डै १ लाख ३७ हजार कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये १४ हजार ९ सय ६७ जनाको ज्यान गै सकेको छ । यस्तै २७ हजार ७ सय १८ जनाको उपचार सफल भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...

कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी अस्पतालमा...

राँके जुलुस निकाल्ने तयारी गर्दैगर्दा विप्लव समूहका ५ जना काठमाडौंमा पक्राउ राँके जुलुस निकाल्ने तयारी गर्दैगर्दा विप्लव समूहका ५ जना काठमाडौंमा पक्राउ

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ काठमाडौं । आज साँझ राजधानीका विभिन्न...

चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर

२०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित...

Top