Best Khabar Team | २०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२०
काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड १९) लाई मध्यनजर गर्दै आगामी बैशाख १५ गतेसम्मका लागि लकडाउन (बन्दाबन्दी) को समय लब्याउने निर्णय गरेको छ । नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या थपिँदै गएका कारण लकडाउनको समय थप्ने निर्णय गरेको हो ।
आजैमात्र छिमेकी मुलुक भारतले पनि लकडाउनको समय ३ साता थप गरेपछि नेपाल सरकारले थप १२ दिनका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि सरकारले तेश्रोपटक थप गरेको लकडाउनको समयावधि भोलि राति सकिँदै छ । तर तत्काल लकडाउन खोल्दा जोखिम बढ्न सक्ने ठहर सहित सरकारले लकडाउनको समय थप गरेको हो ।

लकडाउनका बेलापनि अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन हुने सरकारले जनाएको छ । यस्तै अति आवश्यक कामका लागि बाहिर जानेहरुका लागि सवारी पासको व्यवस्था समेत गरिएको सरकारको भनाई छ । यसअघि सरकारले गत चैत्र ५ गते बिहान ६ बजेदेखि मुलुकमा लकडाउन गरेको थियो । त्यसपछि चैत्र १७ र चैत्र २३ गते तेश्रोपटक लकडाउनको समय थप गरेको थियो ।
आज थपिएको लकडाउनको समय चौथोपटक थप गरिएको हो । नेपालमा हालसम्म कोरानाका १६ जना संक्रमित भेटिएका छन् भने कतिपयको क्वारेन्टाइनमा राखेर परिक्षण शुरु गरिएको छ । आज मात्रै काठमाडौंमा एकै परिवारका २ जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)
२०७६ फाल्गुन १७ गते शनिबार
१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे...
म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...
पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने
२०७६ फाल्गुन १४ गते बुधबार
२६ फेब्रुअरी, २०२०काठमाडौं । यही फागुन १६ गतेदेखि फागुन...
हुम्लामा पनि जीप दुर्घटना, सबै यात्रु नदीमा वेपत्ता, खोजी जारी
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...
Top