वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

Best Khabar Team | २०७६ चैत्र ३० गते आइतबार


१२ अप्रिल, २०२०
काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । पर्साको बीरगञ्जमा विगत ७ दिनदेखि उपचारत ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये एकजना भारतीय मुस्लिम धर्मका गुरु रहेको रहेको भएपनि उनको नाम खुलाइएको छैन । हेटौडौस्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । ती मध्ये तीन जनामा कोरोना संक्रमणको आशंका देखिएपछि थप निर्क्यौलका लागि नमुना काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

काठमाडौंस्थित टेकु प्रयोगशालाले शनिबार राति अबेर उनीहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । कोरोना देखिएकाहरु केहीदिन अघि पर्साको छप्कैयास्थित मस्जिदमा लुकेर वसेको अवस्था नियन्त्रणमा लिएर अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको थियो । अहिले उनीहरुको अवस्था सामान्य रहेको छ ।

उनीहरुको सम्पर्कमा रहेकाहरुको खोजी गरी उनीहरुलाई पनि क्वारेन्टाईनमा राख्ने तयारी भै रहेको मन्त्रालयले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो

२०७६ कार्तिक ७ गते बिहिबार

२४ अक्टोबर, २०१९ टेक्सास । पूर्वी नेपालको झापा जिल्लामा...

२५ वर्षपछि विस्तार हुँदै अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल खण्ड २५ वर्षपछि विस्तार हुँदै अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल खण्ड

२०७९ फाल्गुन ७ गते आइतबार

१९ फेब्रुअरी, २०२३काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत भक्तपुर हुँदै...

Economic Impact of COVID-19 in Nepal: A Question of Bad or Worst Economic Impact of COVID-19 in Nepal: A Question of Bad or Worst

२०७७ श्रावण १९ गते सोमबार

–- By Jyoti Koirala/Suman AchrayaConsidering the fact and avoid...

गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि...

Top