Best Khabar Team | २०७६ चैत्र ३० गते आइतबार

१२ अप्रिल, २०२०
काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । पर्साको बीरगञ्जमा विगत ७ दिनदेखि उपचारत ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये एकजना भारतीय मुस्लिम धर्मका गुरु रहेको रहेको भएपनि उनको नाम खुलाइएको छैन । हेटौडौस्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । ती मध्ये तीन जनामा कोरोना संक्रमणको आशंका देखिएपछि थप निर्क्यौलका लागि नमुना काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
काठमाडौंस्थित टेकु प्रयोगशालाले शनिबार राति अबेर उनीहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । कोरोना देखिएकाहरु केहीदिन अघि पर्साको छप्कैयास्थित मस्जिदमा लुकेर वसेको अवस्था नियन्त्रणमा लिएर अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको थियो । अहिले उनीहरुको अवस्था सामान्य रहेको छ ।
उनीहरुको सम्पर्कमा रहेकाहरुको खोजी गरी उनीहरुलाई पनि क्वारेन्टाईनमा राख्ने तयारी भै रहेको मन्त्रालयले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु
२०७७ असार १४ गते आइतबार
२८ जुन, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...
तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९ वेस्टखबर टिम काठमाडौं । तत्कालीन राजा...
काठमाडौंमा बायुप्रदुषण उच्च बनेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु...
कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा !
२०७७ माघ १३ गते मंगलबार
२६ जनवरी, २०२१मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना...
Top