काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक

Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार


०२ जुन, २०२०
काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीसहित थप २ सय ८८ जनामा कोारेना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टा यता थप २ सय ८८ जनामा कोरोना देखिएको हो । ती मध्ये ४ जना काठमाडौंमा कार्यरत स्वास्थ्यकर्मी रहेको बताइएको छ । उनीहरुलाई अहिले आइसोलेसनमा राखेर उपचार थालिएको छ । जसमा तीन महिला र एक पुरुष स्वास्थ्यकर्मी रहेको मन्त्रालयको भनाई छ ।

यस्तै चिकित्सकको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण थालिएको बताइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशका ३ दर्जन बढी जिल्लामा कोरोनाका थप संक्रमित भेटिएका हुन् । अब देशभर कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशका निम्न जिल्लामा निम्न संख्यामा नयाँ संक्रमित फेला परेका छन् ।

  • दाङमा १७ जना
  • प्युठानमा १ जना
  • कञ्चनपुरमा ८ जना
  • कैलालीमा १० जना
  • धनुषामा ६ जना
  • महोत्तरीमा २ जना
  • रौटहटमा ३६ जना
  • सर्लाहीमा २१ जना
  • सिरहामा १७ जना
  • भक्तपुरका १ जना
  • धादिङका १ जना
  • कपिलवस्तुमा १६ जना
  • नवलपरासी पूर्वका १ जना
  • नवलपरासी पश्चिमका १ जना
  • नुवाकोटका २ जना
  • रुपन्देहीमा १० जना
  • रौटहटका ३८ जना
  • स्याङ्जाका ५ जना
  • झापाका ५ जना
  • सप्तरीका १ जना
  • बर्दियाका ३ जना
  • बाँकेका १७ जना
  • सुर्खेतमा २७ जना
  • दैलेखका ९ जना
  • सल्यानका १८ जना
  • अछामका १० जना
  • बाराका १ जना
  • काठमाडौंको मेडिकल कलेजका ४ जना चिकित्सक

हालसम्म २ सय ६६ जनाको उपचार सफल भएको छ भने ८ जनाको कोरोना संक्रमणकै कारण निधन भै सकेको छ । पछिल्लो केही सातायता भारतबाट नेपाल आउने नेपालीको संख्या बढ्दै जाँदा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...

अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...

काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...

Top