काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक

Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार


०२ जुन, २०२०
काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीसहित थप २ सय ८८ जनामा कोारेना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टा यता थप २ सय ८८ जनामा कोरोना देखिएको हो । ती मध्ये ४ जना काठमाडौंमा कार्यरत स्वास्थ्यकर्मी रहेको बताइएको छ । उनीहरुलाई अहिले आइसोलेसनमा राखेर उपचार थालिएको छ । जसमा तीन महिला र एक पुरुष स्वास्थ्यकर्मी रहेको मन्त्रालयको भनाई छ ।

यस्तै चिकित्सकको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण थालिएको बताइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशका ३ दर्जन बढी जिल्लामा कोरोनाका थप संक्रमित भेटिएका हुन् । अब देशभर कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशका निम्न जिल्लामा निम्न संख्यामा नयाँ संक्रमित फेला परेका छन् ।

  • दाङमा १७ जना
  • प्युठानमा १ जना
  • कञ्चनपुरमा ८ जना
  • कैलालीमा १० जना
  • धनुषामा ६ जना
  • महोत्तरीमा २ जना
  • रौटहटमा ३६ जना
  • सर्लाहीमा २१ जना
  • सिरहामा १७ जना
  • भक्तपुरका १ जना
  • धादिङका १ जना
  • कपिलवस्तुमा १६ जना
  • नवलपरासी पूर्वका १ जना
  • नवलपरासी पश्चिमका १ जना
  • नुवाकोटका २ जना
  • रुपन्देहीमा १० जना
  • रौटहटका ३८ जना
  • स्याङ्जाका ५ जना
  • झापाका ५ जना
  • सप्तरीका १ जना
  • बर्दियाका ३ जना
  • बाँकेका १७ जना
  • सुर्खेतमा २७ जना
  • दैलेखका ९ जना
  • सल्यानका १८ जना
  • अछामका १० जना
  • बाराका १ जना
  • काठमाडौंको मेडिकल कलेजका ४ जना चिकित्सक

हालसम्म २ सय ६६ जनाको उपचार सफल भएको छ भने ८ जनाको कोरोना संक्रमणकै कारण निधन भै सकेको छ । पछिल्लो केही सातायता भारतबाट नेपाल आउने नेपालीको संख्या बढ्दै जाँदा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० बलेवा । प्रदेशनम्बर ४ अन्र्तगत पर्ने...

‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे ‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे

२०७५ चैत्र ८ गते शुक्रबार

२२ मार्च, २०१९ काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी...

५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन ५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...

स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन

२०७६ फाल्गुन ८ गते बिहिबार

२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा...

Top